इन्फो नेपाल — सञ्चारको सञ्जाल

उद्योगहरूमा दैनिक आठदेखि १० घण्टासम्म अघोषित लोडसेडिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा गत माघको पहिलो सातादेखि नै दैनिक ८ देखि १० घण्टासम्म अघोषित रूपमा लोडसेडिङ गरिरहेको छ। पूर्वको विराटनगरदेखि पश्चिमको नेपालगञ्जसम्मका उद्योगहरूमा प्राधिकरणले लोडसेडिङ गरिरहेको उद्योगीहरू बताउँछन्। तर, प्राधिकरणले अझै पनि लोडसेडिङको तालिका सार्वजनिक गरेको छैन। बिहान ४/५ घण्टा र बेलुका पनि त्यत्ति नै अवधि लोडसेडिङ हुने गरेकाले यसलाई अघोषित लोडसेडिङ भनिएको छ। नेपाल स्टिल तथा रोलिङ मिल्स एसोसियसनका अध्यक्ष साहिल अग्रवालका अनुसार उद्योगहरूलाई दैनिक बिहान र बेलुका ४/४ घण्टा गरी ८ घण्टाको मौखिक जानकारी दिइएको छ। तर कतिपय ठाउँमा १२ घण्टासम्म लोडसेडिङ भइरहेको उनको भनाई छ। विराटनगर-इटहरी, वीरगञ्ज-पथलैया, हेटौँडा, भैरहवा-बुटवल लगायतका प्रमुख औद्योगिक क्षेत्रमा लोडसेडिङ हुने गरेको छ। विराटनगरका उद्योगहरूमा दैनिक ८ घण्टा लोडसेडिङ भइरहेको रिलायन्स स्पिनिङ मिल्सले जनाएको छ। प्राधिकरणका प्रवक्ता चन्दन घोषले भने पूर्वी क्षेत्रमा मात्र केही समस्या रहेको बताए। तर अन्यत्र लोडसेडिङ नभएको दाबी गरे। माग र आपूर्तिबीचको खाडलका कारण प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ गरिरहेको छ। हाल नेपालको पिक माग १८ सय ८५ मेगावाट रहेकोमा १४ सय ८३ मेगावाट मात्रै आपूर्ति हुन सकेको छ। लोडसेडिङका कारण उद्योगको उत्पादन लागत बढेर महँगो परिरहेको उद्योगीहरूले गुनासो गरेका छन्। डिजेलबाट बिजुली उत्पादन गर्नुपर्दा लागत ज्यादा बढेको उनीहरूको भनाई छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क