इन्फो नेपाल — सञ्चारको सञ्जाल

उद्योग वाणिज्य संघ इटहरीको २४औं वार्षिक साधारण सभा सम्पन्न

सुनसरी / उद्योग वाणिज्य संघ इटहरीको २३ औं तथा २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज बुधबार इटहरीको उद्योग वाणिज्य संघको हलमा उद्योग वाणिज्य संघ इटहरीको २३ औं २४ औं वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल , नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आथित्यतामा भएको कार्यक्रम भएको हो । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलले मुलुकको समृद्धिको मेरुदण्ड निजी क्षेत्रलाई पर्याप्त ऋण, सस्तो ब्याजदर प्रवाह बिना मुलुक समृद्ध बन्न नसक्ने बताउनुभयो । उहाँले उद्योग वाणिज्य संघ इटहरीले कोरोना महामारीका बेला गरेको कामको चर्चा पनि गरेका थिए । साधारणसभाको उद्घाटनका क्रममा बुधबार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सडकमै उत्रेर ब्याजदर फिर्ताको माग गरेर सरकारलाई दबाब दिएकै कारण पछिल्लो समय आर्थिक सुधारका संकेत देखिएको बताएका छन् । प्रदेश नम्बर १ प्रदेश सभासद सांसद एवम् नेकपा एमाले प्रदेश नम्बर १ का सचेतक रेवतीरमण भण्डारीले हिजो काठमाडौंको नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएर उपचारका क्रममा मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यको विषयको कुरा उठान गरेका थिए । सो कार्यक्रममा होटल एसोसिएसन इटहरीका व्यवसायी, रोटरी क्लबअफ इटहरी तथा विभिन्न संघसंस्थाहरूलाई र इटहरीका व्यवसायीहरूलाई सम्मान गरिएको थियोे ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क