इन्फो नेपाल — सञ्चारको सञ्जाल

उद्योग वाणिज्य संघ मकवानपुरको अध्यक्ष पदमा प्रमोद सिंह रानाभाटको उम्मेदवारी घोषणा

हेटौँडा | मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं साधारण सभा तथा निर्वाचनको पूर्वसन्ध्यामा संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाटले संघको अध्यक्ष पदका लागि औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

बुधबार हेटौँडाको पल्पसा रोडस्थित एक कार्यक्रममार्फत रानाभाटले आफ्नो उम्मेदवारी घोषणा गर्नुका साथै नयाँ सचिवालयको उद्घाटन गरेका छन्। सचिवालय उद्घाटनको उनका पिता डम्बर बहादुर रानाभाटले रिबन काटेर औपचारिक उद्घाटन गरे ।

सचिवालय उद्घाटन कार्यक्रममा उपस्थित व्यावसायी तथा संघका सदस्यहरूमाझ बोल्दै प्रमोद सिंह रानाभाटले व्यवसायीको हकहित र आर्थिक विकासका लागि आफ्नो सक्रिय भूमिका रहने प्रतिवद्धता जनाए। उनले व्यवसायीका समस्याहरूको सम्बोधन गर्दै संस्थालाई थप उचाइमा पुर्याउने लक्ष्यका साथ अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए।

रानाभाटले कार्यक्रममा भने, “संघको नेतृत्व व्यवसायी नै गर्नुपर्छ। हामीले व्यवसायीका हकहितका लागि ठोस योजना बनाएर अघि बढ्नुपर्छ। संघलाई समृद्ध र प्रभावकारी बनाउन म निरन्तर क्रियाशील रहनेछु।”

प्रमोद सिंह रानाभाट अहिले मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष हुन्। अघिल्लो निर्वाचनमा निर्वाचित रानाभाटले संघको विभिन्न गतिविधिहरूमा योगदान पुर्याउँदै व्यावसायिक क्षेत्रमा सशक्त उपस्थिति जनाएका छन्। उनी लामो समयदेखि मकवानपुरको व्यवसायी समुदायसँग निकट रहेर काम गर्दै आएका छन्। संघलाई व्यवस्थित र आर्थिक गतिविधिमा थप प्रभावकारी बनाउने योजनाका साथ अध्यक्ष पदमा उम्मेदवारी दिएको उनले बताए।

सचिवालय उद्घाटन र उम्मेदवारी घोषणा कार्यक्रममा मकवानपुरका विभिन्न व्यवसायीहरूले रानाभाटको कदमको समर्थन गर्दै उनलाई आगामी अध्यक्षको रूपमा स्वीकार्न तयार रहेको जनाएका छन्। स्थानीय व्यवसायी र सदस्यहरूले रानाभाटको नेतृत्व क्षमताको प्रशंसा गर्दै व्यवसायीका समस्याहरू समाधान गर्न उनी उपयुक्त उम्मेदवार भएको बताएका छन्।

रानाभाटको उम्मेदवारीसँगै मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनको सरगर्मी बढेको छ। संघको नेतृत्वका लागि प्रतिस्पर्धी उम्मेदवारहरूको पनि चासो बढ्दो छ।

मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं साधारण सभा तथा निर्वाचन पुष २४ देखी २७ गते हुने छ । व्यवसायीक हकहितको पैरवी गर्न र नेतृत्वदायी भूमिका निर्वाह गर्न रानाभाटको उम्मेदवारीलाई महत्त्वका साथ हेरिएको छ।

सम्बन्धित समाचार

हेटौंडा–कुलेखानी सडक आज बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

हेटाैडा । मकवानपुर प्रशासनले हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी सडक आज एक दिनको लागि बन्द गरेको छ । मकवानपुरको हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउजाउ गर्ने गाडी आज शुक्रब…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते