इन्फो नेपाल — सञ्चारको सञ्जाल

उपमहानगरको गेटमा ‘मेयर’ हराएको सूचना !

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिकाको गेटमा ‘मेयर’ हराएको सूचना टाँसिएको छ। तुलसीपुर उद्योग वाणिज्य संघले आइतबार गेटमा मेयर हराएको सूचना टाँसेका हो। संघले तुलसीपुरमा आजदेखि सुरु भएको महोत्सवको विरुद्धमा दिनभर गेटमा धर्ना दिएका थिए । उपमहानगरपालिकाको मुख्य गेटमा पनि तालाबन्दी गरे। तर, पनि मेयर टीकाराम खड्का दिनभर उपमहानगरपालिकामै नआएपछि टोलीले गेटमै मेयर हराएको सूचना भन्दै पेन्ट गरेको छ। मेयरलाई भेट्टाएमा फोन गर्नुहोला भनी नम्बर पनि दिइएको थियो। उपमहानगरपालिका कार्यालय दिनभर बन्द हुँदा सेवाग्राही मर्कामा परेका थिए। तुलसीपुरमा युथ अफ क्लब तुलसीपुरले आइतबारदेखि महोत्सव सुरु गरेको छ। उक्त महोत्सव पुस ६ गतेसम्म सञ्चालन हुनेछ। तर, उद्योग वाणिज्य संघले महोत्सव अवधिभर उपमहानगरपालिका कार्यालय बन्द गर्ने निर्णय गरेको छ। संघले उपमहानगरपालिकाको असक्षम निर्णयका कारण महोत्सवको विषयमा विवाद उत्पन्न भएको संघका महासचिव बिनिल केसीले बताए। उपमहानगरपालिकाले दोहोरो चरित्र देखाउँदा विवाद सिर्जना भएको उनले बताए। मंसिर १५ गते दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्कासहितको सहभागितामा भएको सर्वपक्षीय बैठकले ४ बुँदे सहमति गरेको थियो। जसको दोस्रो नम्बर बुँदामा युथ अफ तुलसीपुरले महोत्सव पुनः लगाउन चाहेमा उद्योग वाणिज्य संघ र चेम्बरको सूचीअनुसार मात्रै व्यापारिक स्टल राख्न सकिने भन्ने सहमति थियो। त्यो सहमति कार्यान्वयन नभएको भन्दै संघले आन्दोलन गरेको हो। संघले व्यावसायिक कर, फोहोर व्यवस्थापन कर केही पनि नतिर्ने निर्णय गरेकोसमेत केसीले बताए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क