इन्फो नेपाल — सञ्चारको सञ्जाल

ऋण नतिरेको भन्दै घरमै बैङ्कले खटायाे सुरक्षा गार्ड

इटहरी । मुलुक आर्थिक अभावले समस्यामा परिरहेको र व्यवसायहरू पलायन भइरहेकाे बेला निजी बैङ्कहरूले पनि यही अवस्थालाई मौका बनाएर व्यवसायीहरूलाई तर्साउने र मानसिक समस्या दिने कामलाई प्रशय दिन थालेको छ । सुनसरिको इटहरीस्थित एनआइसी एसिया बैङ्कको शाखा कार्यालयले कलाकार विक्रम श्री तिम्सिनाकाे घरमा सेक्युरिटी गार्ड राखेर मानसिक यातना दिन थालेको छ । समयमै ऋण नतिरेको भन्दै बैङ्कको शाखाले कलाकार तिम्सिनाकाे घरमा नियमित सेक्युरिटी गार्ड पठाएर निगरानी बढाएको हो । बैङ्कले तिम्सिनाकाे घरमा ३५ दिने लिलामीको सूचना समेत टाँस गरेको छ । कलाकार तिम्सिनाले बुधवार सामाजिक सञ्जालमा बैङ्कबाट ऋण लिएको र समयमै किस्ता नबुझाएको स्विकारेका छन् । देश भित्रै आर्थिक मन्दी र काम गरेको पैसा नउठेपछि आफूले समयमै किस्ता बुझाउन नसकेको कलाकार तिम्सिनाले बताएका छन् । तर बैङ्कलाई सबै समस्या सुनाउँदा सुनाउँदै पनि एकै दिन एकै पटक ७ दिने लिलामको सूचना टाँस गरेपछि आफू विचलित र समस्यामा परेको सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । बैङ्कले झापाको दमकमा व्यवसायी दुर्गा प्रसाद कँडेलको घरमा पनि नियमित सुरक्षा गार्ड राखेर मानसिक टर्चर दिएको बत्ताइएको छ । दैनिक ९ बजेदेखि बेलुकी ५ बजेसम्म खटाइएका सुरक्षा गार्डले कँडेलको घरको रेकि गर्ने गरेका थिए । ३ महिनादेखि बैङ्कको साँवा तथा ब्याज तिर्न नसकेका कँडेलले १ करोड ऋण लिएका छन् । हाल घरबाट गार्ड हटाइएको भए पनि बैङ्कले बारम्बार तनाव दिने गरेको उनले बताए । यस्तै २ वर्ष अघि मोरङको पथरीशनिस्चरेमा पनि एक व्यवसायीको घरमा ऋण नतिरेको भन्दै बैङ्कले सुरक्षा गार्ड पठाएर निगरानी गरेको थियाे ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क