इन्फो नेपाल — सञ्चारको सञ्जाल

एकै नम्बर प्लेटका दुई मोटरसाइकलको फोटो भाइरल

काठमाडौं। काठमाडौंको गौशाला चोकमा एउटै नम्बर प्लेटका दुई मोटरसाइकल फेला परेका छन्। आज बुधबार बिहान गौशाला चोकमा जाम भएको समयमा एकै नम्बर प्लेट भएका मोटरसाइकल एकैसाथ देखिएपछि मानिसहरुले फोटो खिचे। यतिबेला सो फोटो निकै भाइरल भएको छ। मानिसहरुले जुम्ल्याहा मोटरसाइकल भेटियोसम्म भन्न भ्याएका छन्। तस्बिरमा देखिएअनुसार दुवै मोटरसाइकलका चालकले रेनकोट ओडेका छन् र एक जनाले भने नम्बर प्लेट एउटै देखेपछि आश्चर्यमा परेर अर्को बाइकतर्फ हेरिरहेको देखिएको छ। सो दुवै मोटरसाइकलको प्लेटमा एकै नम्बर थियो– ‘बागमती प्रदेश ०२, ०२२ प, २३ ८० ’। एकै नम्बर प्लेटका मोटरसाइकलको फोटो भाइरल भएपछि ट्राफिक प्रहरीले यो विषयमा अनुसन्धान थालेको छ। प्रहरीका अनुसार एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएकाको साथमा कागजपत्र रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सञ्जीव दासले बताएका छन्। उनका अनुसार नियन्त्रणमा परेका व्यक्तिसँग मोटरसाइकलको सम्पूर्ण कागजात छ र सो नम्बर प्लेट उनकै सवारीको हो। प्रहरीका अनुसार अर्का व्यक्ति जसको नम्बर प्लेट त्यही छ उनको सवारी नम्बर नक्कली हुनसक्छ। अथवा उनको सवारी चोरीको हुनसक्छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क