इन्फो नेपाल — सञ्चारको सञ्जाल

एसइइमा उत्कृष्ट नतिजा ल्याउने ३ जनालाई वडाअध्यक्षको पारीश्रमीक उपहार

मकवानपुर: मनहरी गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष अनन्त प्रकाश अर्यालले एसइइमा उत्कृष्ट नतिजा ल्याउने ३ जनालाई आफ्नो पारीश्रमीक उपहार स्वरुप प्रदान गरेका छन् । महेन्द्र ज्योती उच्च माध्यमीक विद्यालयका ३ विद्यार्थीलाई आज एक कार्यक्रमका बिच वडाअध्यक्ष अर्यालले आफ्नो एक महिनाको पारीश्रमीक उपहार दिएका हुन् । महेन्द्र ज्योतीबाट सर्वोत्कृष्ट नतिजा ३.१० जिपिए प्राप्त गर्न सफल प्रीन्सा पौडेललाई नगद रु १० हजार सहित प्रमाण पत्र र खादा दिइएको थियो । त्यसैगरी २.९ जिपिए प्राप्त गर्न सफल निकिता तिमल्सीना र स्वस्तीका बर्तौलालाई क्रमश ४/४ हजार नगद र खादा सहित सम्मान गरीएको थियो । आगामी दिनमा उत्कृष्ट नतिजा ल्याउनेहरुलाई थप प्रेरणा र हौसलाका साथ पठनपाठन यात्रा अघि बढोस् भन्ने अभिप्रायले आफ्नो एक महिनाको पारीश्रमीक उपहार दिइएको वडाअध्यक्ष अर्यालको भनाई छ । उपहार हस्तान्तरण कार्यक्रममा विद्यालयमा ४३ वर्ष शिक्षकका रुपमा अवकाश भएका नरहरी नन्दन उप्रेती, वडासदस्य हिरा बहादुर प्रजा, वडा सचिव दिपेश महत्तो लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो । कार्यक्रम महेन्द्रज्योती माविका सहायक प्रधानाध्यापक विदुर थापाको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क