इन्फो नेपाल — सञ्चारको सञ्जाल

एसईई उत्कृष्ट विद्यार्थी सम्मानित

हेटौँडा | अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बकैया गाउँपालिका समितिले २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ। मङ्गलबार आयोजित कार्यक्रममा गाउँपालिकाका विभिन्न विद्यालयबाट ४६ जना उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको हो।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले जनप्रतिनिधिहरूको मुख्य ध्यान शिक्षामा हुनुपर्नेमा जोड दिए। गौतमले एसईईको नतिजा कमजोर आउनुमा शिक्षाप्रति पर्याप्त ध्यान नदिइनु मुख्य कारण रहेको बताए।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का विभिन्न तहका नेताहरू, स्थानीय जनप्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू र विद्यार्थी संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूमा बागमती प्रदेश सचिवालय सदस्य एवम् बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान लगायत थिए।

अखिल क्रान्तिकारी बकैया गाउँ कमिटीका अध्यक्ष सागर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव दिपेश घिमिरेले गरेका थिए।

सम्बन्धित समाचार

मकवानपुरका सबै पालिकाबाट करदाता सेवा सुरु, हेटौँडा धाउनुपर्ने बाध्यता हट्दै

हेटौँडा । मकवानपुरका सबै स्थानीय तहबाट करदातासम्बन्धी सेवा सुरु भएको छ। आन्तरिक राजस्व कार्यालय हेटौँडाले जिल्लाका सबै पालिकामा सेवा विस्तार गरेसँगै व्यक्तिगत तथा व्यावसायिक प्यान…

इन्फो नेपाल संवाददाता

बकैयामा करार कर्मचारीको पारिश्रमिक १० प्रतिशत बढ्ने

बकैया । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करार सेवामा कार्यरत कर्मचारीको पारिश्रमिक १० प्रतिशत वृद्धि गर्ने भएको छ । गाउँपालिकाले नीति तथा कार्…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मकवानपुरका ९ पालिकाको बजेट ८ अर्ब ९० करोड बढी, जोड पूर्वाधारमै

हेटौँडा । मकवानपुरका १० स्थानीय तहमध्ये ९ वटा पालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । हालसम्म सार्वजनिक भएका ९ पालिकाको कुल बजेट ८…

बसन्त भण्डारी