इन्फो नेपाल — सञ्चारको सञ्जाल

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाका कर्मचारीहरु आन्दोलित

हेटौंड-औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाका प्रमुख भोजराज बिनाडीले आफूहरुमाथि अनुचित व्यवहार, मानसिक यातना र अनुपयुक्त कार्य वातावरण सिर्जना गरेको आरोप लगाउँदै कार्यालयका वरिष्ठ सहायकदेखि तल्लो तहका कर्मचारीहरू ६ दिनदेखि आन्दोलनमा छन्। गत माघ १७ गतेदेखि कर्मचारीहरू हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका हुन्। यस सम्बन्धमा कर्मचारीहरूले केन्द्रीय कार्यालयमा हस्ताक्षर संकलन गरी पठाइसकेका छन्। त्यस्तै, बिनाडीको सरुवाको माग गर्दै श्रम तथा रोजगार कार्यालय हेटौंडामा निवेदन पनि दिइसकेका छन्। कर्मचारीहरूको माग सम्बोधन नगरेको भन्दै शान्तिपूर्ण आन्दोलन गर्न बाध्य भएको वरिष्ठ सहायक मनिस कुमार मिश्रले बताए। लेखा अधिकृत दिपकराज आचार्यले बिनाडीमा व्यवस्थापकीय गुण नभएको आरोप लगाए। सहायक व्यवस्थापक निवेश अधिकारीले केन्द्रीय कार्यालयले माग सम्बोधन गर्नुपर्नेमा जोड दिए। कार्यालयका कर्मचारी संघले माघ २४ सम्म कालो पट्टी बाँधेर काम गर्ने र माग पूरा नभए दोस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएका छन्। यसबिच, प्रमुख बिनाडीले आरोप झुटो भन्दै कर्मचारीहरूसँग वार्ता गर्न तयार रहेको बताएका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क