इन्फो नेपाल — सञ्चारको सञ्जाल

कपिलवस्तुको कृष्णनगरमा बिल भएको चामल नियन्त्रणमा लिएको भन्दै व्यवसायीद्वारा आत्मदाहको प्रयास

रुपन्देही । कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ बैंकरोडका एक व्यवसायीले प्रहरी अनुगमनका क्रममा आफूलाई अन्याय भएको भन्दै शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन्।

​स्थानीय गल्ला पसल सञ्चालक महेश अग्रहरीले ६० बोरा चामल बोकेको आफ्नो पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिई भन्सार बुझाएपछि आवेशमा आएर आत्मदाहको प्रयास गरेका हुन्। आफूसँग चामलको वैधानिक बिल बिजक हुँदाहुँदै प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको दाबी अग्रहरीको छ।

​लुम्बिनी प्रदेश प्रहरीको विशेष टोलीले अनुगमनका क्रममा आवश्यक कागजात नभेटिएको भन्दै चामलसहितको गाडी नियन्त्रणमा लिएको थियो। शरीरभरि मट्टितेल छर्केर आगो लगाउनै लाग्दा प्रहरी र स्थानीयले उनलाई तत्काल जोगाएका थिए।

​घटनालगत्तै बेहोस भएका अग्रहरीलाई सुरुमा तौलिहवा अस्पताल लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि रुपन्देहीको भैरहवास्थित मेडिकल कलेज पठाइएको छ।

​लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी शारदाप्रसाद चौधरीका अनुसार प्रहरी र स्थानीयको सक्रियताले उनलाई आगो लाग्नबाट बचाइएको छ। मट्टितेलको असरका कारण बिरामी परेका उनलाई प्रहरी टोलीले नै अस्पताल पुर्‍याएको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

गुल्मीको कालीगण्डकीमा जीप दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते

काठमाडाैँ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा भएको जीप दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन्। ​स्याङ्जाको वालिङबाट गुल्मीको कालीगण्डकी गाउँपाल…

इन्फो डेस्क

बुटवलमा राष्ट्रिय साइबर सुरक्षा प्रतियोगिता हुँदै, विजेताले एक लाख पाउने

बुटवल । साइबर सुरक्षामा युवाको सीप प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा राष्ट्रियस्तरको 'नेपाल साइबरसिल्ड - २०२६' प्रतियोगिता सञ्चालन हुने भएको छ। रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

अविरल वर्षाका कारण तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्याे

मकवानपुर । लगातारको वर्षाका कारण रुपन्देहीको तिनाउ र नुवाकोटको त्रिशूली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह लगातार बढ्दो क्रममा रहेकाले बाढी पूर्वानुमान महाशाखाले नदी तटीय…

इन्फो डेस्क