इन्फो नेपाल — सञ्चारको सञ्जाल

बुटवलमा राष्ट्रिय साइबर सुरक्षा प्रतियोगिता हुँदै, विजेताले एक लाख पाउने

बुटवल । साइबर सुरक्षामा युवाको सीप प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा राष्ट्रियस्तरको 'नेपाल साइबरसिल्ड - २०२६' प्रतियोगिता सञ्चालन हुने भएको छ। रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सले 'क्याप्चर द फ्ल्याग' थिममा यो प्रतियोगिता आयोजना गर्न लागेको हो।

​प्रतियोगिताको पहिलो चरणको छनोट आगामी असोज १७ गते अनलाइन माध्यमबाट हुनेछ। कार्यक्रम संयोजक सन्देश आचार्यका अनुसार प्रतियोगितामा एक्लै वा अधिकतम चार जनासम्मको टोली बनाएर भाग लिन सकिनेछ।

​पहिलो चरणबाट छानिएका उत्कृष्ट १० टोलीबीच आगामी कात्तिकमा अन्तिम प्रतिस्पर्धा हुनेछ। अन्तिम चरणमा सहभागीले आफ्नो प्रणाली सुरक्षित राख्दै प्रतिस्पर्धी टोलीको प्रणालीका कमजोरी पहिल्याउने र चुनौती समाधान गर्ने क्षमताका आधारमा अंक प्राप्त गर्नेछन्।

​प्रतियोगितामा पहिलो हुने टोलीले नगद एक लाख रुपैयाँ पुरस्कार पाउनेछ। यस्तै दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार र 'स्पेसल क्याटोगरी' तर्फका विजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।

​डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै निम्तिएका साइबर सुरक्षाका चुनौती सम्बोधन गर्न र युवालाई यस क्षेत्रमा आकर्षित गर्न कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष अधिश ढकालले बताए।

​आयोजकका अनुसार प्रतियोगितामा देशभरका सातै प्रदेशबाट ३० भन्दा बढी टिमको सहभागिता रहने अनुमान गरिएको छ, जसमध्ये मंगलबारसम्म २४ टोली दर्ता भइसकेका छन्।

सम्बन्धित समाचार

गुल्मीको कालीगण्डकीमा जीप दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते

काठमाडाैँ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा भएको जीप दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन्। ​स्याङ्जाको वालिङबाट गुल्मीको कालीगण्डकी गाउँपाल…

इन्फो डेस्क

कपिलवस्तुको कृष्णनगरमा बिल भएको चामल नियन्त्रणमा लिएको भन्दै व्यवसायीद्वारा आत्मदाहको प्रयास

रुपन्देही । कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ बैंकरोडका एक व्यवसायीले प्रहरी अनुगमनका क्रममा आफूलाई अन्याय भएको भन्दै शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन्। ​स्थानीय गल्…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

अविरल वर्षाका कारण तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्याे

मकवानपुर । लगातारको वर्षाका कारण रुपन्देहीको तिनाउ र नुवाकोटको त्रिशूली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह लगातार बढ्दो क्रममा रहेकाले बाढी पूर्वानुमान महाशाखाले नदी तटीय…

इन्फो डेस्क