इन्फो नेपाल — सञ्चारको सञ्जाल

कांग्रेसमा ‘ग्याङ फाइट’ : देउवा पक्षले पौडेल पक्षलाई कुट्दा ५ जना घाइते

भैरहवा । रुपन्देहीमा नेपाली काँग्रेसका दुई समूहबीच ‘ग्याङ फाइट’ (झडप) भएको छ । झडपमा ५ जना घाइते भएका छन् । शेरबहादुर देउवा पक्षले रामचन्द्र पौडेल पक्षलाई कुटपिट गर्दा पाँच जना घाइते भएका हुन् । शुक्रबार भएको क्षेत्र नम्बर ३ प्रदेश सभा (क) को निर्वाचनको मतगणना भइरहँदा देउवा पक्षले पौडेल पक्षलाई कुटपिट गरेको काँग्रेस स्थानीय नेता संजीव शर्मा रेग्मीले जानकारी दिए । भैरहवास्थित जिल्ला पार्टी कार्यालयमा मतगणना भइरहँदा गएराति २–२ः३० बजेको बीचमा देउवा पक्षबाट आफ्नो समूहमाथि कुटपिट भएको काँग्रेस क्षेत्र नम्बर ३ प्रदेशसभा (क) का उम्मेदवार पुरनप्रसाद श्रेष्ठले बताए ।कुटपिटबाट क्षेत्रीय सचिवका उम्मेदवार शैलेसकुमार पन्त गम्भीर घाइते भएका छन् । घाइते पन्तलाई भीम अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँबाट मणिग्रामस्थित क्रिमिशन अस्पतालमा रेफर गरिएको थियो । क्रिमिशन अस्पतालले लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर गरेको थियो । अहिले पन्तको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको श्रेष्ठले जानकारी दिए । ‘गुण्डागर्दी शैलीमा कुटपिट भएपछि पन्तजी गम्भीर घाइते हुनुभएको छ’, श्रेष्ठले भने, ‘नाकमा ठूलो चोट लागेको छ, शरीर रगताम्य भएको छ ।’देउवा पक्षको कुटपिटपछि घाइते भएका अन्य ५ जनाको भैरहवामै उपचार भइरहेको छ । श्रेष्ठका अनुसार तरुणदल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वमा आएको देउवा पक्षका युवाहरुको समूहले पन्तलगायतलाई कुटपिट गरेको हो । मतगणनाका क्रममा श्रेष्ठ पक्षीय उम्मेदवारले अग्रता लिन थालेपछि जेनेटर बन्द गरी देउवा पक्षले आक्रमण गरेको हो । विवाद र कुटपिट भएपछि अहिले मतगणना स्थगित भएको छ ।रुपन्देही प्रहरीका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले घटनाबारे आफूहरुलाई केही जानकारी नभएको बताए । उनले भने, ‘म रातभरी त्यही मतगणना स्थलमा खटिएको थिएँ तर त्यहाँ कुनै किसिमका झैझगडा भएको छैन । बाहिर कतै भएको भए थाहा भएन ।’

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क