इन्फो नेपाल — सञ्चारको सञ्जाल

काठमाडौँ–हेटौँडा छोटो मार्ग बन्द

हेटौँडा | ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा आइतबार बिहान पहिरो खसेपछि काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहान करिब ५ बजे खसेको पहिरोले सडक ढाकेपछि दुवैतर्फ सवारी आवागमन ठप्प बनेको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकमा ठूलो परिमाणमा माटो र ढुंगा थुप्रिएकाले तत्काल सवारी सञ्चालन सम्भव नभएको जनाएको छ। अहिले सम्बन्धित निकायले पहिरो पन्छाएर सडक खुलाउने प्रयास गरिरहेको छ, तर निरन्तर वर्षा भइरहेकाले काममा कठिनाइ भइरहेको प्रहरीले बताएको छ। यसैबीच, निर्माणाधीन रहेको अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–साँगा खण्डमा पनि वर्षाका कारण यातायात प्रभावित भएको छ। सडक चिप्लो बनेपछि सवारी साधन सञ्चालनमा समस्या देखिएको हो। ट्राफिक प्रहरीले वर्षायाममा जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन चालकलाई आग्रह गरेको छ। निर्माणाधीन सडक र चिप्लोपनका कारण दुर्घटनाको सम्भावना उच्च रहने भन्दै वैकल्पिक मार्ग प्रयोग गर्न र ट्राफिक नियमको कडाइका साथ पालना गर्न सुझाइएको छ।

सम्बन्धित समाचार

हेटौंडा–कुलेखानी सडक आज बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

हेटाैडा । मकवानपुर प्रशासनले हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी सडक आज एक दिनको लागि बन्द गरेको छ । मकवानपुरको हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउजाउ गर्ने गाडी आज शुक्रब…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते