इन्फो नेपाल — सञ्चारको सञ्जाल

काठमाडौंकाे तीनकुनेमा ट्रिप्परले ठक्कर दिँदा २७ वर्षका प्रकाश लिम्बूको मृत्यु

काठमाडौं । काठमाडौंको कोटेश्वरमा टिप्परको ठक्करबाट गएरति एक युवकको मृत्यु भएको । प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मोरङ पथरीका २७ वर्षीय प्रकाश लिम्बू रहेका छन् । उनलाई म‌‌गलबार राति ११ बजेतिर टिप्परले ठक्कर दिएको थियो । उनी प्रदेश – ३–०२६ प १८२४ नम्बरको मोटरसाइकलबाट कोटेश्वरतर्फ जाँदै गर्दा तीनकुनेमा ना १ क ४५०२ नम्बरको टिप्परले ठक्कर दिएको थियो । मोटरसाइकलको पछाडि सवार काभ्रेका ३१ वर्षीय देव लामा पनि गम्भीर घाइते भएका छन् । हाल उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीको भनाइ छ । लिम्बूको पनि उपचारको क्रममा राति मृत्यु भएको प्रहरीको भनाइ छ । ठक्कर दिने ट्रिपरका चालकलाई कीर्तिपुरको सुन्दरीघाटबाट पक्राउ गरिएको छ । उनलाई प्रहरीले बुधबार बिहान लुकिरहेको अवस्थामा त्यहाँबाट पक्राउ गरेको प्रहरीको भनाइ छ । पक्राउ परेको चालकमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क