इन्फो नेपाल — सञ्चारको सञ्जाल

काठमाडौंको नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप, ५० भन्दा बढी घाइते

काठमाडौं | विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका शिक्षकहरू र सुरक्षाकर्मीबीच आइतबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा झडप भएको छ।

बिजुलीबजारबाट प्रदर्शनसहित नयाँ बानेश्वर पुगेका शिक्षकहरूले निषेधित क्षेत्र पार गर्न खोजेपछि स्थिति तनावग्रस्त भएको हो। प्रहरीले निषेधित क्षेत्र उल्लंघन गर्न नदिन पानीको फोहोरा प्रयोग गरेको थियो, जवाफमा केही प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए।

नेपाल शिक्षक महासंघका अनुसार, झडपका क्रममा ५० भन्दा बढी शिक्षकहरू घाइते भएका छन्। घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको महासंघले जनाएको छ।

यसैबीच, आन्दोलनको समाचार संकलनका लागि घटनास्थलमा पुगेकी पत्रकार सविना कार्की पनि घाइते भएकी छन्। पानीको फोहोरा लाग्दा कार्कीको आँखामा चोट लागेको र उनलाई अस्पतालमा उपचारका लागि लगिएको जानकारी प्राप्त भएको छ।

नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने माग गर्दै २६ दिनदेखि आन्दोलन जारी राखिरहेको छ। महासंघले आन्दोलनमा बाहिरी हस्तक्षेप भएको दाबी गर्दै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क