इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुर्दशन थापाले "कानको जाली फुट्ला है भाई बिचार गरेर लेखेस्" भन्दै पत्रकारलाई दिए धम्की (अडियो सहित)

काठमाडौं । चलचित्रको व्यापारबारे गलत रिपोर्टिङ गरेको भन्दै सुदर्शन थापाले एक पत्रकारलाई कानको जाली फुटाउने धम्की दिएका छन् । एक अनलाइनमा प्रकाशित समाचारलाई लिएर उनले पत्रकार सुजन श्रेष्ठलाई फोन गरेर निर्देशन सुदर्शन थापाले यस्तो धम्की दिएका हुन् । चलचित्रको व्यापारका विषयमा भ्रामक समाचार सम्प्रेषण गरेको आरोप थापाको छ । थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ हेर्न दर्शक नआएको भन्दै अनलाइनमा एउटा तस्बिरसहित समाचार प्रकाशित भएपछि आपत्ती जनाउँदै थापाले आफ्नी श्रीमतीको मोबाइलबाट फोन गरेर गाली गलौज गरेको बताइएको छ। यता पत्रकार श्रेष्ठले भने आफू स्वयम् हलमा गएर देखेको दृष्यअनुसार समाचार बनाएको बताएका छन् ।सुजनले ‘टिकट फ्रि हुँदा पनि हल सुनसान’ भन्ने शीर्षकमा समाचार लेखेका थिए । यो समाचारपछि सोमबार साँझ ४ बजेतिर सुदर्शन थापाले आफूलाई फोन गरेर धम्क्याएको सुजनको आरोप छ । अहिले देशभर चलचित्र ‘सम्हालिन्छ कहिले मन’ देशभर प्रदर्शन भइरहेको छ ।

सम्बन्धित समाचार

चितवनमा ‘पार्वती’को पत्रकार भेटघाट, भदौ १२ देखि देशभर प्रदर्शनमा आउँदै

चितवन | चितवनमा नेपाली चलचित्र ‘पार्वती’को पत्रकार भेटघाट तथा प्रचारप्रसार कार्यक्रम आयोजना गरिएको छ। निर्माण पक्षले चलचित्रको विषयवस्तु, कलाकार तथा प्रदर्शन तयारीबारे सञ्चारकर्मीह…

इन्फो नेपाल संवाददाता

भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक

काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार पत्रकार सम्मेलनमार्फत रिलिज गरेको हो। यस ट्रेलरलाई दर्शकले ओएस…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा सफलता हात पारेको छ। निर्माण पक्षका अनुसार फिल्मको अमेरिका प्रदर…

इन्फो नेपाल संवाददाता