इन्फो नेपाल — सञ्चारको सञ्जाल

कान्छी चौक–चतरा सडक खण्डमा स्कुटर एकापसमा ठोक्किदा एकको मृत्यु, दुई घाइते

सुनसरी : रामधुनी नगरपालिका -७ स्थित कान्छी चौक–चतरा सडक खण्डमा स्कूटर एकापसमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । शुक्रबार दिउँसो साढे १ बजेतिर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २१ प ५८१० नम्बरको स्कूटर र बिपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०४० प ३०३१ नम्बरको स्कूटर एकापसमा ठक्कर भइ दुर्घटना भएको हो । दुर्घटनामा धरान ११ बस्ने ४१ वर्षीया दुर्गाकुमारी राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । ३०३१ नम्बरको स्कूटर चालक धरान ११ बस्ने ४८ वर्षीय ज्ञानप्रकाश राईले चलाएको स्कूटरमा सवार उनी गम्भीर घाइते भएकी थिइन् । उनको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रकाश सामान्य घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यस्तै, ५८१० नम्बरको स्कूटर सुनसरीको बराहक्षेत्र नगरपालिका २ बस्ने ४२ वर्षीय प्रताप मगर गम्भीर घाइते भएका छन् । उनको थप उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । दुवै स्कूटर इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क