इन्फो नेपाल — सञ्चारको सञ्जाल

कार्तिक २० देखि २६ गते सम्म निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको यो साता कस्तो रहनेछ ? मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) साताको सुरुका दिनमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ, तर आफन्तसँग भेटघाट हुनेछ । साताको मध्यमा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्श नगरी कार्य गर्दा अधिक सफलता मिल्नेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) यो साता शुभकार्यको चर्चा चल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना छ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ । नयाँनयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । मध्य सातामा नजिकैका व्यक्तिबाट कार्यमा बाधा आउनसक्छ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) यो साता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइने छ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । साताको अन्त्यमा कार्य सिद्धिको योग समेत छ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग नीलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) यो हप्तामा बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । मनोरञ्जन कार्यक्रममा सहभागिता भइनेछ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । स्वास्थ्यमा सुधार पनि आउला । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) यो साताको सुरुका दिनमा कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । नाक तथा घाँटीमा समस्या आउला । साताको मध्यबाट नसोचेको ठाउँ बाट धन हात पर्नेछ, तर धार्मिक यात्राको योग छ । सांस्कृतिक क्षेत्रमा रुचि पनि बढ्नेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग पहेंलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्श नगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) यो साता धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । व्यापार व्यवसायमा बाधा आउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग कलेजी वा पहेँलो हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शन वा स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) यो साता नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोजगारको अवसर पनि मिल्नेछ । साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) यो साता ठीक समयमा सही निर्णय लिन सकिनेछ र आम्दानी बढ्नेछ । सहयोगीहरूले साथ दिनेछन् । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । व्यवसायका लागि यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) यो साता आफूले गरेको कामबाट राम्रै लाभ हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । शेयर बजारमा लगानीको अवसर जुट्नेछ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) यो साता शुभकार्यको चर्चा चल्नेछ र शुभ कार्यमा सरिक भइनेछ । पुँजी बजारमा लगानी गर्दा सफलताको अवसर जुट्नेछ । नयाँ काममा हात हाल्ने समय पनि छ । साताको अन्त्यमा परिवारमा मायामा कमी आउनेछ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग घ्यू रङ्ग वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ । मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) यो साता नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । अचल सम्पत्ति हात पर्ला । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । गरेको कार्यमा सफलता पनि मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग गुलाबी वा सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) यो साता सामाजिक कामको दायित्व बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको स्मरण वा पूजा गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी