इन्फो नेपाल — सञ्चारको सञ्जाल

कालीकोटमा कुकर पड्किँदा तीन घाइते

कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका ३ मा खाना पकाउने कुकर पड्किँदा घाइते भएकाले आर्थिक अभाव हुँदा समयमा उपचार गर्न सकेका छैनन्।  बुधबार खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा घाइते ४२ वर्षीया हरिशोभा परियार उहाँका १० वर्षीय छोरा गणेश परियार र हरिशोभाका देवरका छोरा १० वर्षीय लोकेन्द्र परियार आर्थिक अभावका कारण अस्पताल जान नसक्नु भएको हो।  बिहान खाना पकाउँदै गर्दा प्रेसर कुकरमा हावा भरिएको र सिट्टी नखुलेपछि पड्किँदा तीन आमा छोरा घाइते हुनुभएको हो। घाइते आमा छोरा स्थानीयको सहयोगमा साँझ ७ बजेमात्रै कालीकोट जिल्ला अस्पताल पुगेपछि उपचार सुरु भएको हो। वडा नम्बर ३ का वडा सदस्य चक्रबहादुर शाहीले ढिलो खबर हुँदा अस्पताल पुर्याउन ढिला भएको जानकारी दिनुभयो। स्थानीय किरण अधिकारीले गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले केही सहयोग जुटाएर बिरामीलाई अस्पतालसम्म लगे पनि थप उपचारमा समस्या भएको बताउनुभयो।  स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा. रत्नवीर सुनारले अस्पतालमा उपचार भइरहेका घाइतेमध्ये दुई आमा छोरा खतरामुक्त भएको बताउनुभयो।  स्थानीय किरण अधिकारीले घाइतेको उपचारका लागि सहयोग गर्न अपिल गर्नुभएको छ।  किर्डाक नेपाल कालीकोटको शुभकालिकामा आयोजित बैठकमा सहभागीले २५ हजार पाँच सय रुपियाँ घाइतेको उपचारका लागि जम्मा गरेका छन्। घाइते आमाछोराको स्थानीय सहयोगमा १२ घन्टापछि जिल्ला अस्पताल कालीकोटमा उपचार भइराखेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क