इन्फो नेपाल — सञ्चारको सञ्जाल

कृषकका लागि ल्याएको गहुँको बिउ जनप्रतिनिधिकै मिलेमतोमा लुटियो

छिन्नमस्ता गाउँपालिका कार्यालय अगाडीकै भवनमा राखिएको गहुँको बिउ सोमबार तेस्रो पटक स्थानीयबाटै लुटिएको छ । कृषकका लागि अनुदानमा वितरण गर्न ल्याइएको गहुँको बिउ दिउँसै लुटिएको स्थानीय कपिल मुखियाले बताए । शनिबारदेखि लगातार लुटिँदै आएको गहुँको बिउको सम्बन्धित निकायले व्यवस्थापन गर्न नसक्दा पुनः सोमबार लुटिएको मेखियाको भनाई रहेको छ । गहुँको बिउ राखेको ठाउँबाट १५० देखि २०० मिटर पर सखडा थाना रहे पनि लुटपाट हुने क्रममै जानकारी गराउँदासमेत प्रहरी २० मिनेटपछि मात्र आएको स्थानीय राजदेव यादवले बताए । किसानका लागि आएको ५ सय ३० बोरा गहुँ लुटिएपछि गरिब विपन्न किसान समस्यामा परेका छन् । यसप्रति स्थानीय जनप्रतिनिधि पनि मौन रहेको स्थानीयको गुनासो छ । केही दिनअघि गाउँपालिकाको बैंठकमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षबीच गहुँकै विषयलाई लिएर विवाद भएपछि कुटाकुट भएको थियो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले गाउँपालिका अध्यक्ष, सदस्यहरूको मिलेमतोमा गहुँको बिउ लुटिएको जानकारी आए लगत्तै प्रहरी पुगेको बताए । लुटपाट गर्नेहरू भने पक्राउ पर्न सकेका छैनन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क