इन्फो नेपाल — सञ्चारको सञ्जाल

के हुँदैछ भरतपुरमा? यस्तो छ पछिल्लो मत परिणाम

३ जेठ चितवन । भरतपुरमा मतगणनका क्रममा भएको विवाद मिलेको छ । यससँगै मतगगणना कार्य अघि बढेको छ । कस्ता मतलाई सदर गर्ने र कस्तालाई बदर गर्ने भन्नेबारेमा गठबन्धन र एमालेबीच असमझदारी भएपछि सर्वदलीय बैठब बसेर विवादको हल गरिएको हो । गठबन्धनले रुख र हसिया हथौडा दुवैमा स्वस्तिक चिन्ह लागेकालाई सदर मान्नुपर्ने र एमालेले उक्त मतलाई बदर गर्ने बताएको थियो । सर्वदलीय बैठकले मतगणनामा कमजोरी गर्ने कर्मचारीलाई अब निकाल्ने निर्णय गरेको छ । त्यस्तै यसअघि भएका निर्णयलाई सदर गरेर अघि बढ्नेबारे सहमति भएको छ । सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा जारी मंगलबार बिहानसम्म सत्ता गठबन्धनकी दाहालले आग्रता कायमै राखेकी छन् । १७ हजार ३४ मतगणना हुँदा दाहालले पाँच हजार ७१८ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले पाँच हजार ६८८ मत ल्याएका छन् । कांग्रेसका बागी जगन्नाथ पौडेलले दुई हजार ७८८ मत पाएका छन् । चितवनको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी अगाडि छन् । उनले ६ हजार ९८२ मत पाएका छन् । राप्रपाकी हिमला गुरुङ करिब तीन हजार मतले पछाडि छन् । उपप्रमुखमा उनले ४ हजार ६३८ मत पाएकी छन् ।

सम्बन्धित समाचार

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…

इन्फो नेपाल संवाददाता

ओली भन्छन् ‘रास्वपाले चुनाव भाँड्न खोज्यो’, प्रचण्ड भन्छन् ‘इतिहासले पन्छाएकाहरूले भ्रम फैलाइरहेका छन्’

काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…

इन्फो नेपाल संवाददाता