इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोशी नाम खारेजी आन्दोलनकारी बिना सर्त रिहा भएपछि धनकुटा सडक बन्द फिर्ता

सुनसरी / धनकुटा जिल्ला प्रशासनले आफ्ना नेता, कार्यकर्ता बिनाशर्त रिहा गरेपछि प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले मङ्गलवार देखी धनकुटा अनिश्चित कालिन बन्द फिर्ता लिएको छ । धनकुटाका ३ जना पहिचानवादी नेता, कार्यकता मनकुमार याम्फु राई, बुलन चेम्जोङ लिम्बु र सानु लिम्बु विनाशर्त रिहा भएपछि आन्दोलनकारीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि उनीहरूलाई स्वगत गरेका थिए । यसअघि उनीहरूको रिहाइको माग गर्दै धनकुटा बन्दका कारण धरान-धनकुटा रुटबाट पूर्वी पहाडी जिल्ला हिँडेका सार्वजनिक यातायात, निजी सवारीहरूलाई आन्दोलनकारीले भेडेटारमा रोकेका थिए । सवारी साधनको जाम, अलपत्र यात्रुहरूको भिडले भेढेटार निकै बेर तनावग्रस्त रहेएको थियोे । कोशी नाम खारेजी आन्दोलनको क्रममा केही दिन अघि धनकुटाको चौबिसेमा एमालेको भातृ सङ्गठन युवा सङ्घको कार्यक्रम अवरोध गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू ५ दिन देखी धनकुटा जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिए । यसअघि उनीहरूलाई रिहा नगरे धनकुटा बन्द गर्ने चेतावनी दिएपछि धनकुटा जिल्ला प्रशासन कार्यालयले हिजो सोमवार रिहा गर्ने आश्वासन दिएको थियो । तर आश्वासन अनुसार उनीहरू रिहा नभएकोले आज मङ्गलवार बिहानै देखी आन्दोलनकारीहरूले धनकुटाका सबै नाकाहरूमा यातायात अवरुद्ध गरेका थिए । दसैँको बेला यातायात बन्दले आर्थिक गतिविधि, चाडबाड मनाउन थातथालो हिँडेकाहरूलाई नराम्रो असर पर्ने भएपछि प्रशासन आन्दोलनकारीहरूलाई रिहा गर्न बाध्य भएको हो । जसले गर्दा यात्रुलाई सास्ती भएको थियोे ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क