इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोशी प्रदेशमा दसैं अवधिभर १३५ वटा दुर्घटना, १६ जनाको मृत्यु

सुनसरी / कोशी प्रदेशमा दसैँ अवधिभर भएको दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । दसैँको ६ दिनमा १३५ वटा सवारी दुर्घटना भएका छन् भने दुर्घटनामा परेर १६ जनाको मृत्यु भएको छ । यस्तै, २६५ जना घाइते भए । नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार कात्तिक ५ गते फूलपातीदेखि ११ गते कोजाग्रात पूर्णिमाको दिनसम्म १६ जनाको मृत्यु भएको हो । ट्राफिक प्रहरीको तथ्यांक अनुसार १३५ वटा सवारी साधन दुर्घटना हुँदा उक्त संख्यामा मृत्यु भएको हो । ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी सरोज पौडेलका अनुसार दसैँमा ६ हजार ६२८ वटा सवारी साधन कारबाहीमा परेका छन् । कारबाही गरिएको सवारी साधनबाट ४४ लाख १४ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको उनले बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा सवारी दुर्घटनाको संख्यामा कमी आएको छ । आर्थिक वर्ष २०७९/०८० मा १८० वटा सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको थियो भने ४८ जना गम्भीर घाइते र २२६ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा दुर्घटनामा कमी आएपनि मृत्यु हुने संख्यामा कमी नआएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क