इन्फो नेपाल — सञ्चारको सञ्जाल

एक्सनमा खाद्यप्रविधि: ८५ नमुना प्रतिकूल, ४४ व्यवसायीविरुद्ध मुद्धा

हेटौंडा | खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले आर्थिक वर्ष २०८०÷०८१ मा कार्यालयको प्रयोगशालामा २ हजार ७ सय ३८ नमुना विश्लेषण गरेकोमा करिब ८५ वटा प्रतिकूल नमुनामाथि कानुनी कारबाही अगाडि बढाएको छ । गत वर्ष पेस गरिएकोमध्ये ८५ नमुना प्रतिकूल रहेको र १ सय ३४ प्रक्रियामा रहेको बताइएको छ ।

कार्यालयले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दा उक्त जानकारी दिएको हो । कार्यालयले बुधवार विभिन्न चुनौतीका बावजुद ८७.६३ प्रतिशत् भारित प्रगति र ८०.५३ प्रतिशत् वित्तीय प्रगति हासिल गरेको जानकारी दिएको छ ।

कार्यक्रममा अनुसन्धान अधिकृत प्रगति अधिकारीले वार्षिक प्रगति विवरण प्रस्तुत गरिन् । कार्यालयले गत वर्ष कुल ४ सय ९८ पटक बजार अनुगमन गरेको छ । यसमा १ सय ९१ खाद्य तथा बजार, १ सय ८५ खाद्य तथा दाना उद्योग र २ सय ४ होटल तथा रेस्टुरेन्ट निरीक्षण समावेश छन् । अनुगमनका क्रममा व्यवसायीको निरीक्षण, नमुना संकलन र आवश्यकतानुसार कारबाही गरिएको अधिकृत अधिकारीले बताइन् ।

कार्यालयको प्रयोगशालामा २ हजार ७ सय ३८ नमुना विश्लेषण गरिएको छ । यसमध्ये ८५ वटा प्रतिकूल नमुनामाथि कानुनी कारबाही अगाडि बढाइएको छ । गत वर्ष पेस गरिएकोमा ८५ नमुना प्रतिकूल रहेको र १ सय ३४ प्रक्रियाधीन रहेको अधिकृत अधिकारीले जानकारी दिइन् ।

गत आर्थिक वर्षमा कार्यालयले ४४ व्यवसायीविरुद्ध मुद्धा दायर गरेको छ । ११ लाख ३२ हजार बराबरका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको उनले बताइन् । यसमा म्याद गुज्रिएका र लेबल नभएका दुग्ध पदार्थ, तेलजन्य पदार्थ र अखाद्य फलफूललगायत समावेश छन् । खाद्यस्वच्छता र गुणस्तर सुधारका लागि कार्यालयले १२ वटा तालिम, अन्तरक्रिया र गोष्ठी गरेको छ । ४२ होटल र रेस्टुरेन्टलाई स्तरीकरण गरी लोगो वितरण गरिएको छ भने २२ लाख ३२ हजार ९ सय ६० रूपयाँ राजस्व संकलन गरिएको जनाइएको छ ।

मातहत कार्यालयका प्रमुखको समेत उपस्थिति रहेको कार्यक्रममा कार्यालय प्रमुख काशीनाथ घिमिरेले भविष्यमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै खाद्यसुरक्षा र गुणस्तर सुधारमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे । उनले भने, "हाम्रो मुख्य लक्ष्य उपभोक्ताको स्वास्थ्य र हित संरक्षण गर्नु हो । यसका लागि हामी बजार अनुगमन, प्रयोगशाला परीक्षण र जनचेतना कार्यक्रमलाई थप सशक्त बनाउँदै लैजानेछौं ।"

प्रगति विवरणले खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले खाद्यसुरक्षा र गुणस्तर कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको देखाउँछ । तर, चुनौती पनि कम छैनन् । बढ्दो बजार र उद्योगको संख्यासँगै अनुगमन र नियमनको दायरा पनि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

सम्बन्धित समाचार

हेटौंडा–कुलेखानी सडक आज बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

हेटाैडा । मकवानपुर प्रशासनले हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी सडक आज एक दिनको लागि बन्द गरेको छ । मकवानपुरको हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउजाउ गर्ने गाडी आज शुक्रब…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते