इन्फो नेपाल — सञ्चारको सञ्जाल

खाना पकाउने ग्यासको अभाव टार्न सेना र प्रहरीमार्फत बिक्री वितरण गर्ने तयारी

मकवानपुर । सरकारले खाना पकाउने ग्यासको अभाव र असहजता हटाउन सुरक्षा निकायका आउटलेटमार्फत बिक्री वितरण गर्ने तयारी गरेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पेट्रोल पम्प तथा आउटलेटहरूबाट एलपीजी ग्याससमेत बिक्री गराउने गरी प्रबन्ध मिलाउन लागिएको हो।

प्रतिनिधि सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ सम्बन्धी छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले यस्तो जानकारी दिएका हुन्।

​सुरक्षा निकायहरूले हाल पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेकाले तिनै आउटलेटबाट ग्यास वितरण गर्दा सर्वसाधारणलाई सहज हुने सचिव तामाङको भनाइ छ। बजारमा खाना पकाउने ग्यासको अभाव देखिएकाले आपूर्ति व्यवस्थालाई व्यवस्थित र सर्वसुलभ बनाउन यो कदम चाल्न लागिएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

लगातार घट्दै सुनचाँदीको मूल्य, आज पनि उच्च गिरावट

काठमाडाैँ । विगत केही दिनदेखि सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो गहिरहेको छ । सुनको भाउ आज तोलामै १२ हजार २ सय रुपैयाँ घटेर २ लाख ४५ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघल…

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। ​मूल्य घटेसँगै आज छा…

इन्फो डेस्क