इन्फो नेपाल — सञ्चारको सञ्जाल

खाना पकाउने ग्यासको अभाव कायमै

काठमाडाैँ । नेपाल आयल निगम र स्थानीय प्रशासनले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भइसकेको दाबी गरे पनि सर्वसाधारणले अझै सास्ती व्यहोर्नुपरिरहेको छ। लामो समयदेखि ग्यासको पर्खाइमा रहेका उपभोक्ताहरू सिलिन्डरका लागि दैनिक पसल र डिलर धाउन बाध्य भएका छन्।

​भक्तपुरका स्थानीय उपभोक्ताहरूले महिनौँदेखि नाम टिपाउँदा समेत ग्यास पाउन नसकेको गुनासो गरेका छन्। विशेषगरी एउटै सिलिन्डरमा निर्भर रहेका परिवारहरू ग्यास रित्तिएपछि थप मारमा परेका छन्। पैसा तिर्न तयार हुँदा पनि सहजरूपमा सिलिन्डर नपाएको उपभोक्ताको भनाइ छ।

​यता भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भने जिल्लामा ग्यासको आपूर्ति सहज भइसकेको दाबी गरेका छन्। कुनै एक कम्पनीको ग्यास नपाइए उपभोक्ताले अर्को कम्पनीको डिलरबाट सिलिन्डर साटेर समेत लिन सक्ने उनले बताए। तर, प्रशासनको यो दाबी र बजारको वास्तविक अवस्था बाझिँदा उपभोक्ता भने ग्यासकै पछि भौँतारिन बाध्य छन्।

सम्बन्धित समाचार

लगातार घट्दै सुनचाँदीको मूल्य, आज पनि उच्च गिरावट

काठमाडाैँ । विगत केही दिनदेखि सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो गहिरहेको छ । सुनको भाउ आज तोलामै १२ हजार २ सय रुपैयाँ घटेर २ लाख ४५ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघल…

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। ​मूल्य घटेसँगै आज छा…

इन्फो डेस्क