इन्फो नेपाल — सञ्चारको सञ्जाल

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २४ सय रुपैयाँ !

काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । खाना पकाउने ग्यासको पनि मूल्य बढेको हो । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलकाको पनि वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर मूल्य प्रतिसिलिन्डर २४ सय रुपैयाँ हुने भएको छ तर यो मुल्य अहिलेलाई होटल, रेष्टुराँ, क्याटरिङ लगायतका प्रयोजनमा खपत हुने प्रतिसिलिन्डर ग्यासमा लागु गरिने छ । खाना पकाउने ग्यासको मूल्यबारे अध्ययन गर्न गठित उपसमितिले व्यवसायिक प्रयोजनका लागि परल मूल्यमै बिक्री गर्न आयल निगमलाई सिफारिस गरेको छ । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दिनानाथ मिश्रको संयोजकत्वमा गठित उपसमितिले घरायसी उपभोक्ताका लागि हालकै मूल्य र व्यवसायिक खपतका लागि परल मूल्यमै ग्यास बिक्री गर्न सिफारिस गरेको आयल निगमका कार्यकारी निर्देशकले जानकारी दिए । उपसमितिले बुधबार निगमलाई प्रतिवेदन बुझाएको र उक्त प्रतिवेदनले ग्यासमा तत्कालीन र दीर्घकालीन गरेर दुई थरी सुझाव पेश गरेको उनले बताए । ‘उपसमितिको सुझावले पहिलो व्यावसायिक प्रयोजनका लागि परल र घरायसी उपभोक्ता प्रयोजनका लागि हालकै मूल्यमा ग्याँस बेच्न सिफारिस गरेको छ,’ उनले भने, ‘हामी व्यावसायिक प्रयोजनका लागि परलमा पनि केही नाफा खाएर ग्यास बेच्ने योजनामा छौं ।’ हाल निगमलाई एक सिलिन्डर ग्यासमा २ हजार २७१ रुपैयाँ लागत परेको र त्यसमा केही नाफा खाएर बेच्दा मूल्य बढ्न सक्ने कार्यकारी निर्देशकले बताए । ‘उपसमितिले तत्कालका लागि २ थरी मूल्य र दीर्घकालका लागि परल मूल्यमै ग्याँस बिक्री गरेर राष्ट्रिय परिचय पत्रका आधारमा अनुदान दिन मिल्ने समूहलाई बैंकमा अनुदान फिर्ता दिने उल्लेख गरिएको छ । त्यस्तै , आजदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडादर बढेको छ । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको जनाएको हो ।विभागका अनुसार यात्रुवाहक गाडीमा एक दशमलव ७९ प्रतिशतले भाडा बढेको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडादर समायोजन भएको छ । वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ ।

सम्बन्धित समाचार

लगातार घट्दै सुनचाँदीको मूल्य, आज पनि उच्च गिरावट

काठमाडाैँ । विगत केही दिनदेखि सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो गहिरहेको छ । सुनको भाउ आज तोलामै १२ हजार २ सय रुपैयाँ घटेर २ लाख ४५ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघल…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते