इन्फो नेपाल — सञ्चारको सञ्जाल

खुकुरी प्रहार गरी हत्या गर्ने संखुवासभाका बराल पक्राउ

संखुवासभा | सुनसरीको इलाका प्रहरी कार्यालय धरानले खुकुरी प्रहार गरी हत्यामा संलग्न रहेका संखुवासभाको खाँदबारी -२ का ३३ बर्षीय बबिन बराललाई घटनामा प्रयोग भएको खुकुरी सहित पक्राउ गरेको छ । सोमबार धरान उप-महानगरपालिका-३ की ३७ बर्षीया सिर्जना साही आफ्नै मोबाइल पसलमा बसिरहेको अवस्थामा बहिनीज्वाई नाता पर्ने बरालले सामान्य घरायसी विवादको क्रममा सिर्जना साही र उनकी १४ बर्षीया छोरी युनिसा साहीलाई शरिरको बिभिन्न भागमा खुकुरी प्रहार गरेका थिए । घटनाको जानकारी प्राप्त हुनानाथ तत्काल घटना स्थलमा खटिएको प्रहरी टोलीले घाईते भएका दुबै जनालाई उपचारको लागी धरान घोपा पठाएको र घटनामा संलग्न बराललाई खुकुरी सहित नियन्त्रणमा लिएको थियो । घाईते युनिसाको उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो । घटनामा संलग्न बरालको कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले जानकारी दिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क