काठमाडौं: खुट्टा निदाउनुका विभिन्न कारण हुनसक्छन् तर सबैभन्दा साधारण कारण भनेको एउटै स्थितिमा बसिरहँदा रक्तसञ्चार कम हुनु वा नसामा असाध्यै धेरै दबाब पर्नु हो। यदि कसैको खुट्टा लामो समयसम्म निदाउँछ भने यो एक गम्भीर रोगको पनि संकेत हुनसक्छ ।
त्यसैले खुट्टा निदाउनुको कारण थाहा पाउन अत्यावश्यक छ। यसो गर्दा कुनै गम्भीर रोगको खतराबारे पहिले नै जानकारी लिन सकिन्छ।
खुट्टा निदाउनुका कारणः
यदि कसैलाई लामो समयसम्म खुट्टा निदाउने र झम्झमाउने हुन्छ भने यस्तो केन्द्रीय स्नायु प्रणालीलाई प्रभावित गर्ने स्थिति मल्टिपल स्केलेरोसिस (एमएस), मधुमेह, धमनी रोग वा फाइब्रोमायल्गियाजस्ता स्थितिको कारण पनि भइरहेको हुनसक्छ। तर यसका लागि डाक्टरसँग सम्पर्क गर्नुपर्छ।
यसबाहेक खुट्टा निदाउनुका केही साधारण कारण पनि छन्
१. पोश्चर (शारीरिक अवस्था)
यदि कोही लामो समयसम्म गलत पोश्चरमा बस्छन् भने उनीहरुको लोअर बढी निदाउन सक्छ। कतिलाई त यो समस्यका कारण निद्रा पनि लाग्दैन जसलाई मेडिकलको भाषामा प्यारेस्थेसिया भनिन्छ। केही साधारण बानीका कारण खुट्टा निदाउने गर्छन्, ती हुन्ः
- धेरै बेसम्म पलेटी कसेर बस्दा
- लामो समयसम्म बसिरहँदा
- खुट्टामा दबाब पर्ने गरी बसिरहँदा
- कस्सिएको जुत्ता, पाइन्ट र मोजा लगाउँदा
- चोट