इन्फो नेपाल — सञ्चारको सञ्जाल

खुसीको खबर, हलेसी मन्दिरमा चार महिनामा १२ लाख भेटी संकलन

सुनसरी: खोटाङ जिल्लाको एक प्रसिद धार्मिक स्थल हलेसी मन्दिरमा चार महिनामा सहयोग संकलन गर्दा १२ लाख भेटी संकलन भएको छ भने हलेसी मन्दिरमा यश अवधिमा भारू ३ हजार ९३५, चाँदी ६१.७ ग्राम , सुन ०.७ ग्राम र अमेरिकी डलर ३ हजार जम्मा भएको छ । खोटाङ जिल्लाको तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा रहेको हलेसी मन्दिरमा गत साउन १ गतेदेखि मंसिर ५ गतेसम्मको अवधिमा मन्त्दिमा आउने दर्शनयार्थि तथा पूजाआजाका लागि आएका दर्शनयार्थिबाट १२ लाख ८० रूपैयाँ भेटी सहयोग , संकलन भएको छ । हलेसी महादेव मन्दिरको शिव पार्वती थानमा ५ लाख ८४ हजार ५३० रूपैयाँ , हलेसी मन्दिर प्रांगणमा रहेको दान पेटीकाबाट १ लाख ९८ हजार ८५५ रूपैयाँ , बसाहा गुफा दान पेटिकामा ३४ हजार ५२५ भेटी रकम संकलन भएको हलेसी मन्दिर सुचना केन्द्रका प्रमुख सयन्द्र राइले जानकारी दिएका छन् । संकलन भएको भेटी रकममध्ये ५ लाख ३२ हजार १४ रूपैयाँ खर्च गरेर बाँकी रहेको ६ लाख ६८ हजार ६६ रूपैयाँ माछापुच्छ्रे बैंकको हलेसी शाखामा हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको छ । मन्दिरमा संकलन भएको भेटीबाट मन्दिर वरिपरि , दिव्य ध्वनि , होम भवनको मन्दिरभित्र रेलिङ रंगरोगन , बसाहा थान धाराको ढल निकास , भेटी गणना , अतिथि खाजा र खानेपानीको लागि हिलटेक खरिद जस्ता मन्दिरको विकासमा खर्च काम गर्ने भएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क