इन्फो नेपाल — सञ्चारको सञ्जाल

खेलाडी सञ्जुले आ'त्मह?त'या गरेको प्रहरीले निष्कर्ष

काठमाडौँ — ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित लुभुमा मंगलबार बिहान मृत भेटिएकी थिइन् । भारत्तोलन खेलाडी सञ्जु चौधरीले आ?त्मह?त्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । लुभु स्थित प्रशिक्षक सञ्जीव महर्जनको घरको भुईँ तालामा सलको पासो लगाएर झु?ण्डिएको अवस्थामा उनी मृ?त फेला परेकी थिइन् । सञ्जुले १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण जितेकी थिइन् । पंखा राख्न बनाएको हुकमा सलको पा?सो लगाएर झु?ण्डिएको अवस्थामा प्रहरीले उनको श?व निकालेको थियो ।‘प्रारम्भिक अनुसन्धानबाट आ?त्मह?त्या गरेको देखिन्छ,’ जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) सिद्धिबिक्रम शाहले आ?त्मह?त्याको कारणबारे अनुसन्धान गरिरहेका छौं ।’ सञ्जु बाँकेस्थित नेपालगञ्जकी हुन् । प्रहरीले उनको मोबाइल परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । फरेन्सिक जाँच रिपोर्टका आधारमा मृत्युको कारणबारे थप अनुसन्धान गरिने एसपी शाहले जानकारी दिए । २४ वर्षीया सञ्जु झु?ण्डिएको देखेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । उनका परिवारले प्रहरीलाई ‘केही थाहा नभएको’ बताएका छन् । उनको शव पाटन अस्पतालमा पो?ष्टमार्टम गरिँदै छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क