इन्फो नेपाल — सञ्चारको सञ्जाल

खोटाङ भोजपुर सडकखण्ड वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे

सुनसरी / पुष्पलाल मध्य पहाडी लोकमार्ग अन्तर्गत खोटाङ र भोजपुर विचको १० किलोमिटर कच्चीले सडक यातायात सञ्चालनमा अवरोध उत्पन्न गरेको छ । निर्माण कम्पनी भारत कन्टक्सन मैनाचुलि र सिद्धि साहीले २०७५ फागुन मसान्तसम्ममा काम सम्पन्न गर्ने गरि २०७२ चैतमा सम्झौता गरेको थियोे तर तीन पटक सम्म म्याद थपेको समय समेत गुज्रिसक्दा पनि चखेवा भन्ज्याङ सेखुवा सडकखण्ड कालोपत्रे हुन सकेको छैन । यो सडकखण्ड कालोपत्रेको काम सकिएपछि भोजपुर देखि खोटाङ हुँदै काठमाडौं आवजजावज का लागि स्थायी रूपमा छोटो र सहज बाटो खुल्ने छ । तर निर्माण कम्पनीले काम अलपत्र पार्दा सडक वर्षामा हिलाम्मे र हिउँदमा दुलाम्मे हुने गरेको छ ।काम अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्नुको साटो म्याद थप गर्दै बचाउ गरिएको बन्दै जिल्ला बासि रुष्ट बनेका छन् । सडक विस्तारले गति लिए आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने र सडकको सहज पहुँच भएपछि पर्यटकीय क्षेत्र टेम्केडाँडा, चखेवा भञ्ज्याङलगायत स्थानमा मानिस पुग्न सकिन्छ । साथै सडकको सहज पहुँचले उत्पादित कृषि उपजलाई बजारसम्म पुर्याउनसमेत सहज हुने स्थानीयवासी प्रेम राईले बताए । पछिल्लो समय चखेवा टेम्केमा पर्यटकको पनि आगमन भएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क