इन्फो नेपाल — सञ्चारको सञ्जाल

खोटाङ र भोजपुर चखेवाभञ्ज्याङ–सेखुवा सडक खण्डकाे कालोपत्रको ठेक्का तोड्ने निर्णय

सुनसरी / खोटाङ उच्च अदालतले मध्यपहाडी राजमार्ग अन्तर्गत भोजपुरको चखेवाभञ्ज्याङ - सेखुवा सडक कालोपत्रको ठेक्का तोड्ने निर्णय उल्ट्याएकाे छ । सम्झौता म्याद नाघेको पाँच वर्ष बित्दा समेत निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिशाही जेभी काठमाडौंले सडक कालोपत्रको काम सम्पन्न नसकेपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय सित्खा रामेछापले पुलको ठेक्का सम्झौता तोडेको थियो । ठेक्का तोड्ने निर्णय लगत्तै निर्माण व्यवसायी रिट हाल्न उच्च अदालत पुगेका थिए । उच्च अदालतबाट कालोपत्रे योजनाको ठेक्का तोड्ने निर्णय तत्काललाई कार्यान्वयन नगर्न ‘स्टे अर्डर’ आएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय रामेछापका इञ्जिनियर दिपेश मुनकर्मीले बताए । लामो समयसम्म सडक कालोपत्रको काम अलपत्र परेपछि निर्माण व्यवसायीबाट बाँकी काम सम्पन्न हुनसक्ने अवस्था नदेखिएको भन्दै कार्यालयले गएकाे गत जेठ १४ गते सार्वजनिक सूचना प्रकाशन गरेर ठेक्का सम्झौता अन्त्य गरेको जानकारी दिएको थियो । भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिशाहीले २०७५ साल फागुन ३० गते सम्ममा सम्पन्न गर्ने गरी २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रको सम्झौता गरेको थियो । तर सम्झौता अनुसार काम नगरेपछि थप भएको पहिलो म्याद २०७७ पुस १३, दोस्राे म्याद २०७८ असार १३ र तेस्राेपल्ट थप भएको म्याद २०७८ फागुन ३० गते नै नाघिसकेको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क