इन्फो नेपाल — सञ्चारको सञ्जाल

'गठबन्धनका नेताहरू देश बेच्ने योजना बनाउँदै गर्दा ओली भन्थे- नक्शा बढाउनु छ'

काठमाडौं । टेलिभिजन पत्रकार सुमन ढुङ्गानाले वर्तमान आठ दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले देश बेच्ने योजना बनाइरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली देशको नक्शा बढाउने योजना बनाइरहेको गम्भीर आरोप लगाएका छन् । उनले नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको नामै किटेर देश बेच्ने योजना बनाएको टिप्पणी गरेका हुन् । आफूले पत्रकारिता गर्दैगर्दाको अनुभव र देशका प्रमुख नेताहरूको चरित्रबारे उजागर गर्दै उनले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतीय दूतावासको त्यो पार्टीमा दूतावासमा शेरबहादुर, प्रचण्ड र माकुने हुँदा म केपी ओलीसँग मुस्ताङमा थिएँ । उनीहरू देश बेच्दै थिए र ओली भन्दै थिए देशमा नक्शा बढाउनु छ ।’ पत्रकार ढुङ्गानाले पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीलाई राष्ट्रवादी र जनताको पक्षमा रहेको चित्रण गर्ने कोसिस गरेका छन् । त्यसो त ओली प्रधानमन्त्री छँदा भारतले कब्जा गरेको लिपुलुक र कालापानीलगायत क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्शा जारी गरेका छन् । यसबाट पत्रकार ढुङ्गानाले ओलीप्रति गरेको टिप्पणी मेल खाएको छ । भारतीय दूतावासको कार्यक्रममा सहभागी हुने नेताहरू ‘देश बेचुवा’ भएको चर्को टिप्पणी उनको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क