इन्फो नेपाल — सञ्चारको सञ्जाल

गर्मी बढेसँगै विद्यालय साउन २० गतेसम्म बन्द

वीरगञ्ज । प्रचण्ड गर्मीका कारण वीरगञ्ज लगायत मध्य तराईको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । पछिल्लो समय बढ्दै गएको गर्मीलाई मध्यनजर गर्दै पर्साका विभिन्न स्थानीय तहले आफ्नो क्षेत्रभित्र पर्ने विद्यालयहरूलाई गर्मी बिदा दिन थालेका छन् । असार महिनाको अन्त्यसम्म पनि पानी नपरेका कारण गर्मी बढ्दै गएको र विद्यालयमा पठनपाठन असहज हुँदै गएपछि पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिका सहित पोखरिया नगरपालिका, पाकाहमैनपुर गाउँपालिका, धोबिनी गाउँपालिका र विन्दवासिनी गाउँपालिकाले गर्मी बिदा घोषणा गरेका छन् । वीरगञ्ज महानगरपालिकाले आज एक सूचना जारी गर्दै साउन २० गतेसम्म महानगरका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै अत्यधिक गर्मीका कारण बालबालिकामा पर्न जाने प्रतिकुलतालाई मध्यनजर गर्दै साउन २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको महानगरका शिक्षा अधिकृत हरि राउतले जानकारी दिनुभयो । त्यसैगरी पोखरिया नगरपालिका, पकाहमैनपुर गाउँपालिका, धोबिनी, विन्दवासिनी गाउँपालिकाले सूचना जारी गर्दै साउन १ गतेदेखि २८ गतेसम्म बिदा घोषणा गरेका छन् । गर्मी बढेसँगै सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित हुँदा र विद्यार्थीको सङ्ख्या पनि कम हुँदै गएपछि बिदा घोषणा गरिएको विन्दवासिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले बताउनुभयो । अत्यधिक गर्मीको कारण दिउँसोको समयमा तातो हावा चलेपछि सर्वसाधारण घरभित्रै बस्न बाध्य भएका छन् भने बजारमा उपभोक्ताको उपस्थिति नहुँदा व्यवसायीहरू निरास बनेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क