इन्फो नेपाल — सञ्चारको सञ्जाल

गाउँपालिकाका अध्यक्षले आफ्नै पालिकाभित्र घुमेको १६ हजार ८ सय रुपैयाँ सम्म बुझे

जनपत्र: मकवानपुरको राक्सिराङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आफ्नै पालिकाभित्र घुमेको भन्दै भ्रमण खर्च बुझेका छन् । बितेको आर्थिक वर्ष २०७८–०७९ मा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्षले गाउँपालिका क्षेत्रभित्र अनुगमन गर्दा समेत भ्रमणखर्च भनेर मोटो रकम भत्ता बुझेका छन् । आफ्नै पालिका भित्र भ्रमण गरेको भनेर भत्ता बुझ्न पाउने कानूनी व्यावस्था छैन । तर, गाउँपालका अध्यक्ष र उपाध्यक्षले पटक–पटक भ्रमण गरेको भन्दै भत्ता रकम बुझेका छन् । अध्यक्ष र उपाध्यक्षले आफ्नै गाउँपालिका भित्रका वडा कार्यालयको भ्रमण गरेको भन्दै ९३ हजार ९७० रुपैयाँ भ्रमण खर्च बुझेको महालेखा परिक्षकको कार्यालयले सार्बजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । आफ्नै गाउँपालिका भित्रका वडा कार्यालयहरुमा पुगेको भन्दै अध्यक्ष र उपाध्यक्षले एक पटकमा दश हजार रुपैयाँ देखि १६ हजार ८ सय रुपैयाँ सम्म बुझेका छन् ।... थप 

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क