इन्फो नेपाल — सञ्चारको सञ्जाल

गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरीद्वारा तमु ल्होसार पर्व मनाइयो

इटहरी / गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरी उपमहानगरपालिका वडा नम्बर १ ,१९ र २० को आयोजनामा तमु ल्होसार पर्व मनाइएको छ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होसार पर्व मनाएका छन् । कार्यक्रममाका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । इटहरी उपमहानगरपालिका र इटहरी २० नम्बर वडा कार्यलय मार्फत गुम्बालाई २ लाख आर्थिक सहयोग गर्ने प्रदिवद्दता रहेको वडा अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा गुरुङ समुदायको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियोे । सामाजिक क्षेत्रमा योगदान पुर्याउदै आएका विभिन्न दाताहरूले गुम्बालाई आर्थिक सहयोग समेत गरेका थिए । तमु ल्होसारकै अवसरमा २७ औं साधारणसभा समेत गरिएको छ । गुम्बामा आर्थिक सहयोग गर्ने ६० जना बढी लाई सम्मान गरिएको थियोे ।गुम्बाका अध्यक्ष दल बहादुर गुरूङको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे । सो अवसरमा नव दृष्टि आई हस्पिटल इटहरीको सहकार्यमा १ दिने निःशुल्क आँखा जाँच शिविर समेत गरिएको गुरुङ बौद्ध गुम्बा युवा समितिका अध्यक्ष तनुज गुरुङले जानकारी दिए । आँखा शिविरमा २ सय ५५ जना भन्दा बढी लाभान्वित भएका छन् । कार्यक्रमका विशिष्ट अतिथि नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ ख सुनसरी सभापति शुभेच्छु देवान,तरहराका समाजसेवी रुद्र बहादुर बस्नेत, सल्लाहकार समितिका सदस्य खम्बा सिंह गुरुङ्ग, गुम्बाका उपाध्यक्ष प्रकाश तमु गुरुङ विभिन्न गुम्बा समुदायका प्रतिनिधि लगाएत गुरूङ समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क