इन्फो नेपाल — सञ्चारको सञ्जाल

गुल्मीकाे धुर्कोटमा नयाँ गुफा भेटिएपछि हेर्न जानेहरूको घुइँचाे

गुल्मी: गुल्मीको धुर्कोट गाउँपालिकामा नयाँ गुफा भेटिएको छ । छ दिनअघि हाडहाडेको बर्दबासमा रहेकाे धाराखोलामा झन्डै एक सय मिटर लामो गुफा फेला परेको वडाध्यक्ष पदम विष्टले जानकारी दिए । गुफा भेटिएको जानकारी पाएपछि अहिले धुर्कोट गाउँपालिकादेखि जिल्ला सदरमुकाम तम्घासलगायतका ठाउँबाट हेर्न जाने मानिसहरूको भिड बढ्दै गएको छ । दुम्सीको दुलो भनेर चिनिएको यस ठाउँमा मान्छे छिर्न सक्ने प्वाल रहेको थियो । गुफाभित्र शिवलिङ्ग, गाईका थुन, मूर्ति, मानिसको आकार, रक्त धारा, सातमुखे नागका आकार, महिलाले बच्चा लिएर बसेको, नाग तथा खेतबारीजस्तो देखिने विभिन्न आकर्षक आकृतिहरू रहेको वडाध्यक्ष विष्टले बताए । नयाँ गुफा फेला परेको जनाकारी पाएपछि अहिले मानिसहरू अवलोकनका लागि पुग्ने गरेका छन । पाँच दिनको अवधिमा आठ सय जनाभन्दा धेरैले गुफाको अवलोकन गरिसकेका वडाध्यक्ष विष्टले बताए । मान्छे लुक्न मिल्ने प्वाल भेटिए पनि स्थानीयले यस ठाउँलाई साराको दुलोको नामले चिनाएका थिए । केही दिनअघि गफगाफको क्रममा स्थानीयले यस ठाउँमा प्वाल भएको चर्चा चलाएका थिए । सबै मिलेर छलफल गरेपछि गुफाभित्र पसेर हेर्ने निष्कर्षपछि वडाध्यक्ष विष्टकै पहलमा स्थानीय तुलाराम पाण्डेको नेतृत्वमा प्वालभित्र जाँदा गुफा रहेको पत्ता लागेको हो । यस गुफाको चौडाइ र उचाई पाँचदेखि आठ फुटसम्म रहेको बताइएको छ । नयाँ फेला परेको गुफालाई स्थानीयले 'धनिश्वर मनोरम नागेश्वर गुफा' भनी नामाकरण गरेका छन् । गुफालाई संरक्षण गर्नका लागि रामप्रसाद कुँवरको अध्यक्षतामा १३ सदस्यीय संरक्षण समिति, प्रेम नेपालीको संयोजकत्वमा प्रचारप्रसार समिति र जुद्धबहादुर खत्रीको संयोजकत्वमा सल्लाहकार समिति गठनसमेत गरिएको छ । हाडहाडेमा भेटिएको नयाँ गुफासँगै धुर्कोट गाउँपालिकामा 'विचित्र गुफासहित' गुफाको सङ्ख्या दुई वटा पुगेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क