इन्फो नेपाल — सञ्चारको सञ्जाल

गैंडाकोटवाट फेरी कहाँ लगियो अभिनेता पल शाहलाई ?

काठमाडौ । एक किशोरी गायिका माथि इच्छा विपरित कर णी गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई अनुसन्धनका लागि फेरी तनहुँ लगिएको छ । गैडाकोटमा पनि उजुरी परेका कारण उनलाई केही दिन अघि तनहुँवाट गैडाकोट लगिएको थियो । अभिनेता शाहले तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए । उनी विरुद्ध किशोरीले सुरुमा तनहुँ र त्यसपछि गैडाकोट प्रहरीमा उजुरी दिएकी थिइन् । किशोरीका बुवाले प्रहरीमा किशोरीका तर्फवाट उजुरी दिएका हुन् । प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई फेरि तनहुँको दमौली पठाइएको छ । जिल्ला प्रहरीले कार्यालय गैंडाकोटमा उनको बयान लिएपछि मंगलबार दमौली पठाइएको गैंडाकोटका डिएसपी दिलीप गिरीले जानकारी दिए। पी डित गायिकाका आफन्तले सुरूमा दमौली र पछि नवलपुर प्रहरीपनि शाहविरूद्ध जबरजस्ती क र णीको जाहेरी दिएका थिए। गायिकाको उजुरीपछि गत फागुन १५ गते तनुहँ प्रहरीसमक्ष आत्मसमर्पण गरेका शाहलाई केही दिनअघि गैंडाकोट ल्याइएको थियो । जिल्ला अदालत तनहुँले अभियुक्त शाहलाई चैत ४ गतेसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। यसअघि शाहले गैंडाकोटमा बयान दिँदा आफूले जबरजस्ती क र णी नगरेको दावी गरेका थिए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क