इन्फो नेपाल — सञ्चारको सञ्जाल

गोरखामा मिनीट्रक दुर्घटना हुँदा आठ जना घाइते

गोरखा : गोरखा बजारको बिसौनी मोडमा सवारी दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन्। सोमबार दिउँसो १ बजे प्रदेश नं ३ ०१–००३–६१७० नम्बरको मिनीट्रक पल्टिँदा ६ पुरुष र २ महिला घाइते भएका डीएसपी लीलाराज लामिछानेले जानकारी दिए। घाइतेहरु कसैको पनि पहिचान खुल्न सकेको छैन। उनीहरुको गोरखा अस्पतालमा उपचार भइरहेको छ। दुई जनालाई भरतपुर अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। आरुघाटबाट तरकारी लगायतका सामान लिन गोरखा बजार आउँदा दुर्घटना भएको र चालक उमेश श्रेष्ठ पनि घाइते भएका उनका आफन्त संगम श्रेष्ठले जानकारी दिए। बसपार्कतर्फबाट हरमटारीतर्फ जाँदै गरेको सो मिटीट्रकले सडकमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिएर करिब ५० मिटर तल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालमा ठोक्किन पुगेको थियो। साथै बा ८६ प १७८६ नम्बरको मोटरसाइकललाई समेत लतारेर लगेको छ। मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका छन्। ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान भएपनि थप जानकारी नभएको डीएसपी लामिछानेले बताए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क