इन्फो नेपाल — सञ्चारको सञ्जाल

ग्रामीण क्षेत्रको शैक्षिक सुधारका लागि विद्यालयमा लगानी युडब्लुएस नेपाल

संखुवासभा/ ग्रामीण क्षेत्रको सामुदायिक विद्यालयको खस्किदो शैक्षिक अवस्थालाई सुधार गर्न युनाइटेड वल्ड स्कुल्स (युडब्लुएस) नेपाल लागिरहेको छ । विशेष गरि ग्रामीण क्षेत्रको जीर्ण र खस्किदो शैक्षिक अवस्था रहेको सामुदायिक विद्यालयमा स्थानीय सरकारसँगको सहकार्यमा लगानी गरी रहेको छ । ०७२ साल देखी शुरु भएको यो संस्थाले संखुवासभा, गुल्मी र ताप्लेजुङमा गरि ७६ वटा विद्यालयमा लगानी गरीसकेका छन् । तिमध्ये पाँच बर्ष पूरा भएको १३ वटा विद्यालय स्थानीय तहलाई हस्तान्तरण समेत गरिसकेका छन् । हाम्रो गाउँठाउँको विद्यालयको शैक्षिक अवस्था, विद्यालयको संरचना, पूर्वाधार हेर्दा विद्यार्थीहरुलाई विद्यालय प्रति आकर्षित गर्ने खालका नभएको पाइएकाले हाम्रो शैक्षिक सुधार नगरेसम्म विकास र समृद्धिको कुरा नारामा मात्रै सिमित हुने भएकाले विशेषः गरि ग्रामीण क्षेत्रको शैक्षिक सुधारका लागि संस्थाले काम गरिरहेको युनाइटेड वल्ड स्कुल्स (युडब्लुएस) नेपालका अध्यक्ष खेमराज खड्काले बताए । युनाइटेड वल्ड स्कुल्स (युडब्लुएस) नेपालका शिक्षा संयोजक आशिष अधिकारीले हालसम्म संस्थाले ७६ वटा विद्यालयमा ५ सय ९ वटा कक्षाकोठा निर्माण गरिसकेको बताए । जसमा १३ हजार ९ सय २८ विद्यार्थीहरुले फाइदा लिएको बताए । उक्त संस्थाले संखुवासभामा ४९ वटा, गुल्मीमा १८ वटा र ताप्लेजुङमा ५ वटा विद्यालयमा लगानी गरेको छ । संखुवासभाका १० मध्ये चिचिला गाउँपालिका बाहेकका ९ पालिकामा कार्यक्रम लागु भएको छ । आगामी बर्षदेखि भोजपर, हुम्ला, धनकुटा र तनहुँमा कार्यक्रम लागु हुने शिक्षा संयोजक अधिकारीको भनाइ छ । ग्रामीण समुदायमा गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्न युडब्लएस र स्थानीय सरकारसँग साझेदारी गरि कार्यक्रम लागु हुने गरेको छ । ग्रामीण क्षेत्रका सिमान्तकृत र पछाडि परेका वालवालिकालाई शिक्षाको पहुँचमा ल्याउन संस्थाले काम गर्दै आएको छ । विद्यालयमा विद्यार्थीले विचैमा कक्षा छाडने दरलाई कम गर्न संस्थाले काम गरेको उनीहरुको दावी छ । विद्यार्थीले विचैमा कक्षा छाड्नुको कारण पहिचान गरी रोक्नका लागि विद्यालय अवधारण टोली गठन गरी काम गर्दैआएको बताउँछन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क