इन्फो नेपाल — सञ्चारको सञ्जाल

घरको पूजा कोठामा यस्ता गल्ती गर्नुहुँदैन अन्यथा अशुभ हुन्छ

नेपाली समाज भाग्यमा विश्वास गर्छ । शुभ-अशुभको निकै ख्याल गर्छ । त्यसैले घरमा पनि शुभ लक्षणको मेल गराउन सकियो भने मन शान्त रहन्छ, परिवारमा मिलाप रहन्छ । घरमा शुभ लक्षणको मेल कसरी गराउने र यसका लागि वास्तु शास्त्रले हामीलाई सहयोग गर्छ । वास्तु शास्त्र प्राचीन विज्ञान हो । वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश । यसर्थ “वास्तु शास्त्र” भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ ।वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ। हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। हिन्दु धर्ममा पूजाले ठूलो महत्व बोकेको छ र श्रद्धा भक्तिपूर्वक गरिने यस कार्यका लागि घरमै छुट्टै पूजा स्थल बनाउने गरिन्छ ।पूजाकोठा बनाउँदा ध्यान दिनुपर्ने पक्ष यसप्रकार छन् :- पूजाघरको ढोका टिन वा फलामको हुनुहुँदैन , पूजा कोठा शौचालयको ठीक माथि वा तल हुनुहुँदैन । त्यस्तै पूजा कोठा शौचालयसँग एकै पर्खालले जोडिएको हुनु हुँदैन , पूजा कोठामा लगाइने रङ हलुका क्रिम अथवा सेतो हुनुपर्छ, सुत्ने कोठामा पूजा स्थल बनाउनु हुँदैन , भगवानको तस्बिर वा मूर्ति नैऋत्य कोणमा राख्नु हुँदैन , नैऋत्य भनेको दक्षिण र पश्चिम दिशाको मध्य हो जस्ता केही विधि वा कुरा पर्दछन् ।

सम्बन्धित समाचार

तुलसी–दामोदरको विवाह गरी आज हरिबोधिनी एकादशी मनाइँदै

मकवानपुर ।आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी, देशभर भगवान् विष्णुको पूजा आराधना, तुलसीको विवाह र व्रत गरी मनाइँदैछ । यस दिन तुलसीलाई भगवान् दामोदर अर्थात विष्णुसँग वि…

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क