इन्फो नेपाल — सञ्चारको सञ्जाल

घरमा १० लाखको ढोका राख्ने डिएसपी अख्तियारको फन्दामा

काठमाडौ: व्यवसायीको सुन गायब बनाएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डिएसपी ठगबहादुर केसीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन थालेको छ । प्रहरी प्रधान कार्यालयले नै उनीमाथि भ्रष्टाचार सम्बन्धि कसुरमा छानबिन गर्न सिफारिस गरेको छ । प्रारम्भिक छानबिनमा उनले गलत नियतले सुन राखेको पाइएपछि भ्रष्टाचारसम्बन्धि कसुर आकर्षित भएको हो । एसएसपी चन्द्रकुवेर खापुङ नेतृत्वको छानबिन टोलीले गत साता प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई प्रतिवेदन बुझाउँदै डिएसपी केसीको बदनियत देखिएको निष्कर्ष निकालेको थियो । समितिले उनीमाथि विभागीय मात्र नभई कानूनी कारबाही र्न गर्नुपर्नै औंल्याएको थियो । सोही आधारमा प्रतिवेदनसहित प्रहरी प्रधान कार्यालयले आयोगलाई पत्राचार गरेको छ । गत ११ पुसमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको टोलीले उनको निवासबाट स्रोत नखुलेको ३५ तोला सुन बरामद गरेको थियो । सो सुन बरामद गर्दा प्रक्रिया पूरा नगरेको र बदनियत राखी डिएसपी आफैँले राख्दै आएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । उनले बुटवलकै एक पसलेको सो सुन तस्करीको आरोपमा बरामद गरेका थिए । अवैध भएको पुष्टि भए राजस्व तथा कार्यालय बुझाउनुपर्ने तथा वैध देखिएमा सम्बन्धित व्यक्तिलाई नै बुझाउनुपर्नेमा आफैँसँग राखेकाले उनको बदनियत देखिएको छानबिनको निष्कर्ष छ । १३ पुसदेखि नै डिएसपी केसी हाल निलम्बनमा छन् । उनीमाथि सोही घटनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलेदेखि नै छानबिन गरिरहेको स्रोत बताउँछछ । आयोगको छानबिनका क्रममा श्रीमतीको बैंक खातामार्फत समेत उनले शंकास्पद कारोबार गरेको पाइएको छ । उनको तीनवटा घर भेटिएको र सम्पत्तिउपर समेत छानबिन चलिरहेको आयोगका एक अधिकारीले बताए । पोखराको घरमा उनले १० लाख रुपैयाँ ढोका राखेको विषय आफन्तमा चर्चामा छ । तत्कालिन गृहमन्त्री बालकृष्ण खाणका भाइ रामकृष्ण खाणको आडमा उनले बुटवलमा असुली आतंक मच्चाएका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क