इन्फो नेपाल — सञ्चारको सञ्जाल

घरसँगै जल्यो गोतामेको सपना

ढोरपाटन: शुक्रबार दिउँसो तमानखोला गाउँपालिका–१ हिजाका फारम गोतामे घर छेउको बारीमा काम गर्दै थिए । सोही बेला एक्कासि घरमा धुवाँसहित ठूलो आगोको मुस्लो देखियो । गोतामे चिच्याउँदै आफन्तलाई गुहार माग्दै आगो निभाउन लागे तर उनको प्रयासलेमात्र आगो निभाउन सकेन। एकै छिनमा हेर्दाहेर्दा घर खरानीमा बदलियो । घरसँगै आगोले भएभरका भाँडाकुँडा, लत्ताकपडा र खानेकुरा सबै जलेर नष्ट भयो । आगोको मुस्लोबाट गोतामेले कुनै पनि सामान बचाउन सकेनन् । आर्थिक अवस्था निकै कमजोर रहेका उनको घरसँगै गाँस बास, कपास सबै जलेर खरानी बन्यो । दिनभरी घरको आँगनमै आराम गरिराखेका गोतामे साँझपख घरविहीन हुनु पुगे । आगोमा जलेर उनको फर्ने एक जोड कपडा पनि रहेनन् । घरविहीन भएका गोतामे परिवार अहिले आफन्तकोमा आश्रय लिएर बसेको छ । गाउँपालिकाले आगालागीमा सबै नष्ट भएको थाहा पाएपछि तत्कालै राहतका सामग्री उपलब्ध गराएको छ । छपन्न वर्षीय गोतामेको सम्पत्तिका नाममा अब दुईमुरी मकै र जौँ फल्ने पाखोबारी बाहेक अरु केही छैन । आगोले आफ्नो जिन्दगीभरीको कमाइ एकै छिनमा खरानी बनाइदिएको र घरमा के कसरी आगो लाग्यो भन्ने पत्ता नलागेको उनि सुनाउछन । “मेरो बुढी र कान्छी बुहारी बारीमा जौँ काट्दै थिए, मैले पनि बारीमै काम गरिराखेको थिए, केटाकेटी स्कुलबाट आएर खाजा खाँदै थिए, एक्कासि घरमा आगो दन्किएको देखेँ, कसरी लाग्थ्यो थाहै भएन, म गरिब मान्छेमाथि ठूलो बज्रापात प¥यो, अब कहाँ बस्ने ?, के खाने ?,” गोतामेले भने– “खाइनखाई दुःख गरेर घर बनाए, यो त मेरो जिन्दगीभरिको कमाइ हो, अहिले आफन्तको घरमा बसेको छु, आफन्तको घरमा बसेर कति दिन चल्छ र ?” आगलागीमा करिब २० लाख बराबरको क्षति भएको गुनासो गर्दै उनले सहयोगको सबैसँग याचना पनि गरे । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले अग्निपीडित गोतामेलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराएको र अन्य सहयोग पालिकाबाट हुने बताए । उनले भौगोलिक विकटताका कारण समय समयमा यस क्षेत्रमा प्राकृतिक प्रकोपसँगै अन्य घटना हुने गरेकाले पालिकाले नागरिकको सुरक्षाका लागि काम गरिरहेको बताए । अध्यक्ष बुढा मगरले भने,“आगलागीमा घरको सबै सामान जलेर नष्ट भएको छ, ओड्ने आछ्याउने र लत्ताकपडा केही पनि जोगाउन नसकेको जानकारी हामीहरुले पाउँदासाथ पालिकाबाट केही खाद्यन्न सामग्री र केही कपडा राहतस्वरुप दिएका छौँ, अन्य सहयोग पालिकाले दिनसक्ने हामी उपलब्ध गराउँछौँ, अहिले उहाँहरुलाई केही समयका लागि आफन्तको घरमा बस्ने व्यवस्था मिलेको छ, यो समय हावाहुरी चल्ने हुँदा आगलागीको जोखिम उस्तै छ, यसबाट अन्य स्थानीयवासी पनि सजक हुन जरुरी छ ।”

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क