इन्फो नेपाल — सञ्चारको सञ्जाल

घाँसीकुवामा भएको दुर्घटनाका घाइतेलाई गाउँपालिकाले सहयोग गर्ने

धनकुटा : पृथ्वी राजमार्ग खण्ड अन्तर्गत तनहुँको घाँसीकुवामा भएको बस दुर्घटनामा साँगुरीगढी स्थानीयको मृत्यु भएपछि गाउँपालिकाले सहयोग गर्ने भएको छ । धरानबाट पोखरा जाँदै गरेको ग १ ख ७८९५ नम्बरको यात्रुवाहक बस तनहुँको घाँसीकुवामा बिहान सवा ६ बजे दुर्घटना हुँदा ३६ जना यात्रुमध्ये दुई जनाको ज्यान गएको थियो। दुर्घटनाप्रति साँगुरीगढी गाउँपालिकाले दुःख व्यक्त गरेको छ। जिल्लाको साँगुरीगढी गाउँपालिका-९ का हस्त राई र ठेगाना नखुलेको ५० वर्षे टोपबहादुर मगरले ज्यान गुमाएका थिए । साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईद्वारा हस्ताक्षरित शोक विज्ञप्तिमा दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूको मृत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको छ । दुर्घटनामा घाइते भएका यात्रुहरूको शीघ्र स्वास्थ्य लाभको कामना कामना गर्दै प्रभावकारी उपचारका लागि सम्बन्धित निकायसँग अनुरोध गरिएको छ । दुर्घटनामा घाइते भएका अधिकांश यात्रु साँगुरीगढी गाउँपालिका वडा नम्बर ७, ८ र ९ का यात्रु भएको अध्यक्ष राईले बताए । अधिकांश घाइतेको आर्थिक अवस्था न्यून रहेकाले गाउँपालिकाबाट सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क