इन्फो नेपाल — सञ्चारको सञ्जाल

चट्याङ लागेर एकैदिन ७ जनाले ज्यान गुमाए, ३ घाइते

काठमाडौं: देशभर चट्याङ लागेर एकैदिन सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । उनीहरु सबैको मंगलबार मृत्यु भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रुपन्देहीको सियारी गाउँपालिका–२ बरेवा बस्ने ४५ वर्षीय एक पुरुषको घरमै बसिरहेको बेला चट्याङ लागेर मृत्यु भएको छ । नवलपरासी (पश्चिम)को रामग्राम नगरपालिका–१० लक्ष्मीपुरामा खेल रोप्ने क्रममा ६० वर्षीया एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ लागेर वेहोश भएकी उनको उपचारको क्रममा मृत्यु भएको प्राधिकरणले जनाएको छ । कागलुङको काठेखोला गाउँपालिका–४ तग्राम फापरखेत बस्ने २८ वर्षीया एक महिलाको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो । बाँकेको राप्ती सोनारी गाउँपालिका–३ नारायणपुर बस्ने ७ वर्षीय एक बालकको घरको आँगनमा खेलिरहेको बेला चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ औराहा रेन्ज बस्ने ३२ वर्षीय एक पुरुषको खेतमा आली लगाउने क्रममा चट्याङ लागेर मृत्यु भएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ बेलगाउँका ४२ वर्षीय एक पुरुषको गोठमा गाइलाई घाँस हाल्न जाने क्रममा चट्याङ लागेर मृत्यु भएको छ । कैलालीको कैलारी गाउँपालिका–१ रानामुरा गाउँ बस्ने ५६ वर्षीया एक महिलाको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएकी उनको उपचारको लागि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको प्राधिकरणले जनाएको छ । कैलालीको कैलारी गाउँपालिका–३ मा चट्याङ लागेर दुई जना पुरुष घाइते भएका छन् । यस्तै, कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनाबारी बस्ने १३ वर्षीया बालिकाको घरको आगानमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएकी छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क