इन्फो नेपाल — सञ्चारको सञ्जाल

चितवनमा ट्रक र माइक्रोबस ठोक्किदा सञ्चारकर्मि महावीर विश्वकर्माको मृत्यु, पाँच जना घाइते

सुनसरी / चितवनमा ट्रक र माइक्रोबस ठोक्किदा चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का सञ्चालक महाविर विश्वकर्माको मृत्यु भएको छ । चितवनको माडीबाट काठमाडौं आउदै गर्दा आज बिहान विश्वकर्मा चढेको माइक्रोबस ट्रकमा ठोक्किएको थियोे । राप्ती नगरपलिका- ६ हर्दिचोकमा रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा बा ४ ख ४१२ नम्बरको माइक्रोबस ठोक्किँदा राप्ती नगरपालिका- ४ का महावीर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । दुर्घटना लगत्तै विश्वकर्मालाई पुरानो मेडिकल कलेज चितवन ल्याउने पुर्याउन नपाउदैँ मृत्यु भएको हो । दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् । घाइतेहरूको उपचार भईरहेको प्रहरीले जनाएको छ । निधन भएका विश्वकर्मा केहि दिनदेखि आफ्नो स्थायी घर चितवनको माडीमा रहेका थिए ।विश्वकर्माले लामो समयदेखि चर्चित कार्यक्रम बहकिने मन सञ्चालन गर्दै आएका थिए । उनी आहुती नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उक्त पार्टीको भातृ संगठन जात व्यवस्था उन्मुलन मोर्चाको सचिव थिए ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

आज बिहान काठमाण्डौ विश्वका प्रदूषित शहरहरुको सूचीमा ५औं स्थानमा

काठमाण्डौँ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थकर स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु प्रदूषण अनुगमन संस्था (आईक्यू एयर) ले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्ड…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

सरकार फेरिएको लामो समय बित्दासमेत बागमती प्रदेशसभाले पाएन सभामुख, बैठकसमेत अनिश्चित

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठन भइसकेको लामो समय बितिसक्दासमेत प्रदेशसभाले अझै सभामुख पाउन सकेको छैन। मन्त्री पदको भागबण्डा मिलाउन सक्रिय दलहरूबीच सभामुख चयनको विषयमा सहम…

इन्फो डेस्क