इन्फो नेपाल — सञ्चारको सञ्जाल

चितवन-२ मा एउटा वडाकाे गणना सकियो, रविको मत कती ?

चितवन — चितवन-२ काे १ हजार १ सय २६ मत गणना सकिँदा मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले पहिलाे पटक औपचारिक विवरण सार्वजनिक गरेकाे छ । जसममा नेकपा एमालेका उम्मेद्वार कृष्णभक्त पाेखरेलले ५५४ मत ल्याएर अग्रता कायम गरेका छन् । याे मत इच्छाकामना गाउँपालिकाकाे वडा नम्बर १ काे हाे । चितवन-२ मा उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेकाे ८७ मत ल्याएका छन् । उनी तेस्राे स्थानमा छन् । सत्तारूढ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठकाे ३९७ मत आएकाे छ । इच्छाकामना गाउँपालिका एमालेकाे प्रभाव क्षेत्र हाे । चितवन-२ मा इच्छाकमना गाउँपालिकासिहत कालिका नगरपालिका र भरतपुर महानगरपनलिकाका २९ मध्ये १० वटा वडाहरू रहेका छन् । चितवन-२ मा कुल मतदाता एक लाख २४ हजार २१४ रहेकाेमा आइतबार भएकाे मतदानमा ८४ हजार ३१५ मत खसेकाे छ सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिए ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

आज बिहान काठमाण्डौ विश्वका प्रदूषित शहरहरुको सूचीमा ५औं स्थानमा

काठमाण्डौँ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थकर स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु प्रदूषण अनुगमन संस्था (आईक्यू एयर) ले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्ड…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

सरकार फेरिएको लामो समय बित्दासमेत बागमती प्रदेशसभाले पाएन सभामुख, बैठकसमेत अनिश्चित

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठन भइसकेको लामो समय बितिसक्दासमेत प्रदेशसभाले अझै सभामुख पाउन सकेको छैन। मन्त्री पदको भागबण्डा मिलाउन सक्रिय दलहरूबीच सभामुख चयनको विषयमा सहम…

इन्फो डेस्क