इन्फो नेपाल — सञ्चारको सञ्जाल

चिसो बढेसँगै प्रदेश २ मा मृतकको संख्या तीन पुग्यो

जनकपुरधाम- केही दिनदेखि बढेको अत्यधिक चिसोको कारण प्रदेश २ मा अहिलेसम्म तीन जनाको मृत्यु भएको छ । बुधबार मात्रै सिराहाको कल्याणपुर नगरपालिका–१ अर्नामाकी ६० वर्षीय पल्टी सदाको चिसो कारण मृत्यु भएको छ । सदाको बुधबार बिहानै घरमा चिसोले कठ्यांग्रिएर मृत्यु भएको स्थानीय वडाध्यक्ष राजाराम कामतिले जानकारी दिए । त्यसैगरि, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने ६० वर्षीय समुन्द्रीदेवी यादव र सप्तरीको महादेव गाउँपालिकाका–६५ वर्षीय देवनारायण ठाकुरको सोमबार चिसोको कारण मृत्यु भएको छ । यसैबीच, दिनभरि चल्ने चिसो हावा, बिहान र राती पर्ने शीतलले प्रदेश २ को जनजीवन प्रभावित हुँदै गएको छ । बुधबार बिहान ८ बजे जनकपुर– काठमाडौं उडान पर्ने बुद्ध एयरको जहाजले पनि उडान भर्न सकेन । चिसो बढेपछि बिहान र बेलुकी जनकपुरसहित यस क्षेत्रका बजारको जनजीवन प्रभावित बनेको छ । वृद्ध उमेर समूहका बिरामीको संख्या बढेको जनकपुरधामस्थित प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत चिकित्सक केडि दासले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क