इन्फो नेपाल — सञ्चारको सञ्जाल

चुनावको मुखमा काङ्ग्रेसका ठुला नेताको निधन

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्व सांसद विष्णुराज आचार्यको आज ७४ वर्षको उमेरमा निधन भएको छ । पूर्व सांसद आचार्यको उपचारको क्रममा काठमाडौँमा निधन भएको हो । नेता आचार्य २०४८ र २०५१ सालको निर्वाचनमा कपिलवस्तु क्षेत्र नं ३ बाट सांसद पदमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित हुनुभएको थियो । नेपाली कांग्रेस कपिलवस्तुले आज एक शोक विज्ञप्ति जारी गर्दै आचार्यको निधनले कपिलवस्तु काँग्रेसलाई अपूरणीय क्षति भएको जनाएको छ । नेपाली कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कलामले एक शोक विज्ञप्ति जारी गर्नुहुँदै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दै एक असल सादगी नेता गुमाउनु परेकोमा दुःख व्यक्त गर्नुभएको छ । ०५३ मा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला संसदीय दलको नेता हुँदा उनी सचिव थिए । प्रतिबन्धित कालमा कांग्रेस जिल्ला समिति सदस्य रहेका थिए । उनी पछिल्लो समय मधुमेह रोगबाट ग्रसित थिए । खुट्टा भाँच्चिएर शल्यक्रिया गरेपछि उनी झनै थलिएको कपिलवस्तु कांग्रेस सभापति अब्दुल कलाम खाँले बताए । बुद्धभूमि नगरपालिका–९ स्थायी घर भएका आचार्यका ३ छोरी र श्रीमती छन् । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको कपिलवस्तु समाजले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क